जन आकाश
काठमाडौ उपत्यकामा गर्मी बढेसँगै खानेपानीको अभाव त्यतित्तकै बढेको छ । सुख्खा मौसममा भूमिगत मुहान पनि सुक्ने र ढुंगेधारालगायत मुहानबाट आउने पानीहरु पनि सुक्ने हुँदा काठमाडौं उपत्यकावासीहरुले प्रत्येक वर्षको चैत, वैशाख, जेठ महिनामा खानेपानीको चरम अभाव व्यहोर्दै आएका छन् ।
यो भन्दा तीस बर्ष अगाडि नै सामान्यरुपमा काठमाडौं उपत्यकामा खानेपानीको अभाव थियो र आउँदो १५ वर्षमा त्यसको अभाव चरम रुपमा बढ्छ भनेर नै त्यतिबेलाका नेपाली काँग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री स्व. कृष्णप्रसाद भट्टराईले मेलम्ची खानेपानी आयोजनाको परिकल्पना गरेका थिए र तिनै कृष्णप्रसाद भट्टराईको परिकल्पनालाई (एडीबी) एसियाली डेभलपमेन्ट बैंकको सहुलियतपूर्ण ऋण दिनेभएपछि मेलम्ची खानेपानी काठमाडौं ल्याई काठमाडौं सडकहरु समेत पखालि दिन्छु भनेर कृष्णप्रसाद भट्टराईले भाषण समेत गरेका थिए ।
तर त्यो भाषण योजना त्यही नेपाली काँग्रेसभित्रका र पार्टीभन्दा बाहिरका विकास विरोधी तत्वहरुले रुचाइराखेका थिएनन् फलस्वरुप कृष्णप्रसाद भट्टराईलाई नेपाली काँग्रेसभत्रि सधैं पराजित र अल्पमतमा पारेर राखेका थिए भलै उनले परिकल्पना गरेको र एशियाली विकास बैंकसँग गरेको सम्झौता अनुसार मेलम्ची खानेपानी आयोजना काम त शुरुभयो तर आयोजनाको काम शुरु भएको ३० वर्षसम्म काठमाडौं उपत्यकामा खानेपानी ल्याउन सकेको छैन । सिन्धुपाल्चोकको अब्बाथानबाट काठमाडौंको सुुन्दरीजलसम्म २७.२ किलोमिटर सुरुड्ड ब्रेक थु्र भएको २ वर्ष भइसक्यो तर मेलम्ची खानेपानी कहिल्य आइपुग्छ अझै अनिश्चित जस्तै छ ।
काठमाडौंमा आएर जिविकोपार्जन र संघर्ष गर्दै काठमाडौं उपत्यकामा बसोबास गरिरहेका मानिसहरु खानेपानीको लागि कहिल्यकाहिँ आउने धारामा तँछाड मछाड गर्दै झगडा गरिरहेको देखिन्छ । अर्को दुःख लाग्दो पीडा ससाना नानीका आमाहरु पिठ्युमा बच्चा बोकेर खानेपानीको लाइनमा घण्टौसम्म बस्नुपर्दा परेको पीडा कसले बुझला यसरी मानवीय संवेदनासँग जोडिएको खानेपानी पूर्ति गर्न अति आवश्यक भइसकेको मेलम्ची छिटोभन्दा छिटो बाँकी रहेको काम सकेर काठमाडौंमा खसाले छट्पटाईरहेका नागरिकहरुको शुद्ध पिउने पानीको अधिकार पूरा गर्नुपर्छ । हुनेखानेले त जारको पानी किनेर खालान् तर ति गरिखाने श्रमजिवीहरुको लागि पनि खानेपानी मन्त्रालय, विभागले ध्यान देओस् ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend