logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

महंगी निय¥त्रण गर


  • जन आकाश
  • बिहिबार, जेष्ठ ९ २०७६


नेपालमा जब आर्थिक बर्षको वजेट सुरुवातको वेला सेन्डिकेटधारी माफीयातन्त्रहरुले बजारमा बजार भाउ बढाएर आतंक सृजना गर्ने गर्छन् । यस वर्ष पनि त्यसै गरेका छन् । बजेट सार्वजानिक गर्न ८ िदन वाकी रहदा बजारमा विभिन्न बस्तुहरुको कृतिम अभाव सृजना गरी भाउ बृद्धिको हल्ला फिजाएर आतंङ मच्चाइएको छ ।
२०७२ को माहा भुकम्प पछि सन्तुलनमा रहेको भाउ गएको ३ वर्षदेखि सामान्य नै थियो तर २०७६ सालको नयाँ वर्षसगै काठमाण्डौका घरवेटीहरुले अप्रत्यासित ढंगवाट घर वाहाल बढाएर आताङ मच्चाई सकेका छन् । काठमाण्डौको अति व्यस्त इनद्रचोक, असन, कालिमाटी, कोटेश्वर, नयाँ वानेश्वर, चावहिल,कलकी, बागबजार, प्रय सवै ठाउँहरुमा घर वाहाल भाडा बृद्धि आताङ नै भएको थियो । त्यसको असर जताततै परिसकेको छ ।
त्यसपछि लगतै अन्य ब्यापारीहरुले दैनिक उपभोग्य बस्तुहरुको अत्यधिक मुल्य बढाएका छन् । कतिपयले त कृतिम अभाव सृजना गरेर श्रम गरिखाने श्रमिकहरुका परिवारलाइ आकाशिदो महगीले निराश बनाएको छ ।
कर्णालीको गरिवी र अभावको रटान लगाउदै काठमाण्डौको तारे होटलमा र्कुलने नेताहरुले शहरमा भएको गरिवी, अभाव,एकजना औशतमा मार्षिक २५०० कमाइ गरी कष्टपुर्ण जीवन गुजारा गर्नेहरु कहिल्यै देखेका छैनान् देखेका भए बुझ पचाएका छन् । ति औशतमा मार्षिक २५०० कमाइ गरेर बाचिरहेकाहरुले अहिले बृद्धि भएको महगीमा कसरी जिवन यापन गलार्न ? काठमाडौमा बढेको सरदर मार्षिक कोठा भाडा ५००० छ कतिपय ठाउमा त बीचमा दलालले लिएर एउटा कोठाको रु ७००० सम्म पर्ने गरेको छ । त्यतिमा पाए पनि पानीको पैसा आफैले तिर्नुपर्ने , फोहोरको पनि आफैले तिर्नु पर्ने बाध्यताहरु रहेका छन् । यस्तो कष्टपुर्ण जिवन बाचिरहेका मानिसको पीडा कसले सुन्ने ? सरकार काहा छ ? के गदै छ ? घर भाडा देखि तरकारी सम्मको मूल्यबृद्धिले मर्नु न बाच्नुको अवस्थामा पु¥याएको छ । श्रम गरि बाच्ने श्रमजिवीहरुलाइ मर्नु न बाच्नुको अवस्थामा पुर्याउने माफियाहरुलाइ तुरुन्त पहिचान गरि नि¥यन्त्रण नगर्ने हो भने भोलिका दिनमा निम्तन सक्ने अपृय घटनाले समाज अस्त व्यस्त हुन सक्छ त्यसकारण महगी तुरुन्त नि¥यन्त्रण गर्नुपर्छ ।



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend