जन आकाश
स्मार्ट एपलाइन्सेन्स प्रा।लि। का नामबाट बजारमा व्यापार गर्दै आएको
स्मार्ट एपलाइन्सेन्स प्रा।लि। का नामबाट बजारमा व्यापार गर्दै आएको Skyworth कम्पनीमा उत्पादनहरु ग्ुणस्तरहीन भएको पत्ता लागेको छ । विदेशमा विक्री वितरण गरिसकेका र पुनः फिर्ता गरिएका फ्रिज, इलेक्ट्रीक जग, राइस, कुक्कर, टिभी, एसि, विभिन्नि घरायसी प्रयोजन प्रयोग हुने िसामानहरु विक्री वितरण गर्दै आएको स्मार्ट एपलाइन्सेन्स कम्पनीले Skyworth मा सेकेन्ड ह्याण्डका सामानहरु भएको र अहिले गर्मीको मौसममा बढी प्रयोग हुने एसि विभिन्न अफिस, घरमा मानिसहरुले दैीनक पत्रिकाहरुमा विज्ञापन प्रकाशन गरेको आधारमा विश्वास गरेर किनेको र किनेको दुइदिनमा नै विग्रने गरेको ग्राहकहरुले गुनासो गर्ने गरेका छन् ।
नेपालमा उपभोक्तालाई भ्रममा पारी उपभोक्तालाई गुणस्तरहीन सामान विक्री वितरण ठगी गरेको खण्डमा के छ त व्यवस्था भनि आजीवन उपभोक्ताको हकहितको निम्ति लागेमा उपभोक्ता मञ्च नेपालका अध्यक्षलाई हामीले टेलिफोन गरी सोध्दा उपभोक्ता संरक्षण ऐन २०५६ अन्र्तगत मूल्यसूची नराखि वा उपभोक्ताले प्रयोग गरेको वस्तुबाट क्षति भएका ५ वर्ष कैद र १० लाख सम्म जरिवाना व्यवस्था गरेको छ भनि बताए । तर नेपालमा ठुलालाई तैन सानालाई ऐन भने जस्तै भएको देख्न सकिन्छ । उक्त स्मार्ट एपलाइन्सेन्स प्रा।लि।का सञ्चालक दगड गु्रप अन्र्तगतका केएला दुगड अर्थात किसनलाल दुगडको कम्पनी हो उनलाई नत कानुनले छुन्छ न त ऐनले त्यहि भएर कवाडीमा फालिएका विदेशका सेकेन्ड ह्यान्ड सामानहरु खुलेआम रुपमा नेपालमा विक्री वितरण हुँदा समेति कसैको ध्यान गएको छैन ।
अर्को अचम्म यो पनि छ । त्यस कम्पनीमा काम गर्नेहरु माथि श्रम शोषण, गाली व्यइजत गर्ने घृणित कार्य समेत हुने गरेको नेपाली नागरिकहरु भन्दा इन्डियनहरुलाई रोजगारीमा प्राथमिकता दिने गरेको त्यहाँ काम गरिरहेकाहरुले बताएका छन् । नेपालमा स्वतन्त्रपूर्वक लगानी गरेर व्यापार, उद्योग खोल्न जो कोही नेपालीले पाउँछन् तर गलत ढंगबाट गुणस्तरहीन सामान विक्री वितरण गर्न सकैले पनि पाउँदैनन् । त्यस कारण गुणस्तरहिन सामान विक्री वितरण गर्दै आएको Skyworth तुरुन्तै वन्द गर्न चौतफी दबाब बढेको छ । त्यसो गर्न नसकिएमा धेरैभन्दा धेरै सोझा साझा नेपालीहरु ठगिने निश्चित छ । सम्बन्धित निकायको ध्यान पुगोस ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend