logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

कण्ठेश्वरी माविले पुरा ग¥यो ५८ वर्ष


  • जन आकाश
  • बिहिबार, जेष्ठ २३ २०७६


रामेछाप सम्वाददाता
काठमाडौँ । रामेछाप, दोरम्बा गाउँपालिकाको ३ नं. वडामा रहेको कण्ठेश्वरी माविले ५८ औं बार्षिक उत्सव भव्यरुपमा सम्पन्न गरेको छ । जेठ १८ गते शनिबार आफ्नै प्राङ्गणमा जिल्लाका विशिष्ट व्यक्तित्वहरुलाई आमन्त्रण गरी कार्यक्रम गरेको हो । त्यस कार्यक्रमको सभापतित्व ३ नं. वडाका अध्यक्ष लालबदन मगरले गरेका थिए भने प्रमुख अतिथि दोरम्बा गाउँपालिकाका अध्यक्ष कमानसिं तामाङ (मोक्तान) रहेका थिए । विशेष अतिथिहरुमा (नेकपा)का ३ नं. प्रदेश कमिटीका तुलप्रसाद कँडेल, नेपाली काँग्रेसका दोरम्बा गाउँपालिकास्तरीय लवबहादुर थापामगर, अतिथिहरुमा आरपी बलदेव सिंह धामी, साम्वाहरि दाहाल रहेका थिए भने अभिभावक विद्यार्थी, पूर्व विद्यालयका विद्यार्थीहरु, समाजसेवी, निजामति कर्मचारी लगायत उल्लेखनीय जनसहभागितामा बार्षिक उत्सव मनाइएको थियो ।
त्यस स्कुलको ५८ औं बर्ष पूरा गर्दा विगतमा कटेरोबाट शुरु भएको इतिहास सम्झाउँदै त्यस कण्ठेश्वरी उमाविमा प्रधानाध्यापक रामबाबु कँडेलले यो कण्ठेश्वरी उमावि सरस्वतीको मन्दिर हो जहाँ हामी शिक्षाको ज्ञान दिन्छौं यही सही ज्ञानले मानिसलाई सक्षम, योग्य, दक्ष बनाउँछ भन्दै कार्यक्रमलाई सम्बोधन गर्नुभएको थियो । उहाँले कण्ठेश्वरी उमाविबाट शिक्षा हासिल गरेका विद्यार्थीहरु डाक्टरसम्म भइसकेका छन् भने सबल पर्यटन, उद्योगी, प्रोजेक्ट प्लानर भएर सबल जीवन बिताइरहेका छन् । त्यो कण्ठेश्वरी उमाविको लागि गौरवको विषय हो र आउँदा भाइबहिनीहरुले पनि त्यसैगरी मेहनत गरेर यस कण्ठेश्वरी उमाविले थालेको अशल शिक्षा, छोरीलाई पनि स्कुल पठऔं भन्ने अभियानमा अभिभावककहरुले देखाउनु भएको सक्रियतालाई धन्यवाद दिनुभएको थियो ।
सो अवसरमा विद्यालयमा सर्वोत्कृष्ठ र उत्कृष्ठ विद्यार्थीहरुलाई थिर बहादुर थापा मगर सैलुङले जनही ९ जनालार्य ५०० को दरले र एकजना सर्वोत्कृष्ठलाई १५ सय पुरस्कार नगद वितरण गर्नुभएको थियो । त्यसैगरी स्कुललाई लालबहादुर थापा मगरले रु. ११,१,११।– रुपैयाँको चेक हस्तान्तरण गर्नुभयो भने विकास थापा मगरले १०,१००।– को चेक सोही दिन हस्तान्तरण गर्नुभयो त्यसैगरी श्यामकुमार थापामगरले १००,१० नगद विद्यालयलाई सहयोग हस्तान्तरण गर्नुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै विभिन्न अतिथि, विशेष अतिथि र प्रमुख अतिथिहरुले विद्यालयलाई शुभकामना दिएका थिए ।



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend