logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

मह“गी नियन्त्रण गर


  • जन आकाश
  • बिहिबार, जेष्ठ २३ २०७६


काठमाडौं उपत्यकामा बजेट भाषणसँगै बजार भाउ आकासिँदै गएको छ । त्यसमा कोठा भाडा, घरभाडा पनि समावेश छ ।
काठमाडौं उपत्यकामा जताततै अव्यवस्थित घर बनाउने र ट्वाइलेट, खानेपानी, सरसफाइको मापदण्ड केही पनि पूरा नगर्ने तर घरभाडा चाहिँ प्रत्येक बर्ष बढाउने उपत्यकाका घरबेटीहरुलाई सरकारले एउटा मापदण्ड नबनाउने हो भने त्यसैकारणबाट अर्को समस्या निम्तन सक्ने देखिन्छ
काठमाडौं उपत्यकामा मानव घनत्व अत्याधिक बढ्दै गएको छ । त्यसको गलत फाइदा उपत्यकाकाले लिइरहेका छन् काठमाडौं उपत्यकामा सानो ५० हजारदेखि एकलाखको एउटा चिया पसल खोलेर ब्यापार गर्न वडा कार्यालय वा कम्पनीमा दर्ता गरेर प्यान भ्याट बाध्यता छन् तर काठमाडौं उपत्यकामा करोडौंको भाडा उठाउने घरवेटीहरुलाई सरकारले करको दायरामा समेत ल्याउन सकेको छैन । वीस रुपैयाँको पानी बेच्ने एउटा पसलेले प्यानमा दर्ता भएको बिल काट्नु पर्छ तर काठमाडौं उपत्यकामा घरबेटीहरुले महिनामा लाखौं घरभाडा उठाउँदा बिल दिनुपर्ने अझ काठमाडौं उपत्यकाको बढी मानिस जमघट हुने व्यापारिक केन्द्र बालाजु, कलंकी, कालीमाटी, न्यूरोड, बागबजार, थापाथली , नयाँ बानेश्वर, गौशाला, चाबहिल चोक, कोटेश्वर, लगनशेल, जाउलाखेल, थापाथली, पाटनढोका, भक्तपुर, बसपार्क, भक्तपुरको दरबार स्क्यायर, दरबारमार्ग, ठमेल क्षेत्रहरुमा त ५ महिना, बर्षदिन, ३ महिना अगाडी अग्रिम पैसा दिएमात्र पसल, अफिस वा बस्ने कोठा पाइन्छ । यस्तो खालको चलनले पनि पैसा हुनेहरुले ती क्षेत्रहरुमा शुरुमा नै कब्जा गर्ने र विचौलिया बनेर वास्तविक व्यापार गर्ने व्यापारीलाई शुरुमा नै अत्यास लाग्ने वातावरण विचौलियाहरुले बनाउने गरेका कारण पनि काठमाडौं उपत्यकाको महँगी बढेको मुख्य कारणहरु देखिन्छ ।
काठमाडौं उपत्यकाको कालिमाटी ४० रुपैयामा पाइने गोलभेडा ठमेलमा पुगेर ठमेलको पसलले बेच्दा १०० पुगिसकेको हुन्छ । किनकी ठमेलको सटरभाडा यति महँगो हुन्छ कि त्यो ठमेलमा व्यापार गर्ने तरकारी पसलेले सरकारले तोकेको २० प्रतिशत मात्र नाफा राखेर दैनिक २,३ हजार व्यापार गर्दा सटर भाडा पनि तिर्न सक्दैन अनि जहान परिवार पाल्ने कुरा परैको भयो । यो नीतिगत समस्या काठमाडौं उपत्यकामा जवसम्म घरबेटीहरुलाई प्यानमा दर्ता अनिवार्य गरिँदैन तबसम्म काठमाडौं उपत्यकाको महँगी नियन्त्रण हुँदैन त्यसकारण करोडौं लगानीमा बनेका र मासिक लाखौं भाडा असुल्ने घरबेटीहरुलाई अनिवार्य प्यान भ्याट लागु गरेर महँगी नियन्त्रण गर्नुपर्छ ।



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend