logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

बिमलाको हत्या होकी आत्म हत्या


  • जन आकाश
  • मंगलबार, असार ३ २०७६


समता हस्पिटलमा कर्मचारीको रुपमा काम गदै आएकी बिमला पाख्रिन समता हस्पिटलको सिलिङमा झुडिएरको अवस्थामा मृत भेटिए पछि आज बिहानै देखि कुमारी गालस्थित समता हस्पिटलमा तनाव उत्पन्न भएको छ । हस्पिटललाइ चारै तर्फवाट प्रहरीले सुरक्षा दिइरहेको छ । बिमलाले आत्म हत्या गरिनकी हत्या गरेर झुण्ड्यायो भनेर हस्पिटल बाहिर आमा मानिसहरु सत्य तथ्य जान्नको लागि तातो घाममा पनि कुरिरहेका छन ् । यतिवेला बौद्धका डिएसपी नरेन्द्र चन्द घटनास्थलमा पुगेर अनुसन्धानको लागि आफै खटिरहेको र छानविन निष्पक्ष हुुने उनले हाम्रो सवाददातालाइ जानकारी दिएका हुन ।
यता बाहिर भने मानिसहरुको भनाइ फरक ढगवाट आइरहेको छ । मृतकको आफन्त नाताले काका पर्ने नारायण थोकरले भने छोरी हिजो देखि कोठामा नआएको र मृतककै फोनवाट हिजो फोन आएको र मृतकको श्रीमान श्रीमतिलाइ खोज्न जादा हस्पिटलले छैन भनेर फर्काएर पठाएको हामीले कोठाहरु हेर्न खोज्दा हिजो सवै कोठा हेर्न दिइए पनि एउटा कोठा हाम्रो म्यामको हो भनेर हेर्न नदिएको आज विहानै जादा पनि याहा आएकै छैन भनेर भने पछि बलजफ्ती गर्न खोजे पछि मात्र त्यो कोठा खोलिएको थियो त्यही खोलिएको कोठाका बीच भागमा सामान्य डेड इन्च जतिको बासको बलोमा बिमला झुण्डिको अवस्थामा भेटिइन तर बासको सिलिङ हालेको हस्पिटलमा माटोले लिपेको ठाउमा काहीपनि माटो झरेको छैन मृतकका काकाले भनेका हुन । पछि प्रहरीलाइ खबर गरी अनुसन्धान भैरहेको छ । बिमला पाख्रिन रामेछाप दोरम्बा गाउपालिका निवासी हुन उनको माइत चै काभे्र सलखुु देउराली ३ मा भएको हामीलाइ प्रप्त जानकारी अनुसार बिमला समता हस्पिटलमा हेल्फरको रुपमा काम गदै आएकी कर्मचारी रहेको उनको आफन्तले जानकारी दिएका हुन ।



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend