logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

मदन भण्डारी फुटसल प्रतियोगिता सम्पन्न ।


  • जन आकाश
  • मंगलबार, असार १० २०७६




मदन भण्डारी स्पोर्ट क्लबद्धारा आयोजित फुटसल प्रतियोगिता आज सम्पन्न भएको छ । असार ७ गते खेलकुद मन्त्री जगत बिश्वकर्माले उदघाटन गरी शुरु भएको खेलमा १८ टिमले भाग लिएका थिए । प्रतिस्पर्धावाट दुइ टिम शिर्सस्थानमा पूग्न सफल भएका नेपाल इन्जिनिरिङ कलेज र कसमस कलेज फाइनलमा पुगेका थिए आज फाइनल खेल धनवत्तरी फुटसल मैदानमा खेलाइएको थियो निक्कै प्रतिस्पर्धात्मक भएको खेलमा नेपाल इन्जिनिरिङ कलेजले कसमस कलेजलाइ २ का बिरुद्ध ४ प्रहार गरी उपाधि जित्न सफल भएको थियो । भने कसमस कलेज उप बिजेतामा चितm बुझाउन बाध्य भयो ।
खेल समापनको सभापतित्व मदन भण्डारी स्पोर्टका कार्यक्रम संयोजक तथा उपत्यका कमिटी सदस्य डम्बर खडकाले गरेका थिए । प्रमुख अतिथि अनेरास्वियूका अध्यक्ष ऐन महरको रहेको थियो । प्रतियोगिता सम्पन्न भइसके पछि खेलाडीहरुलाइ प्रमुख अतिथिको हातवाट बिजेता र उप बिजेतालाइ ट्रफी र प्रमाणपत्र तथा नगद पुरुस्कार बितरण गरिएको थियो भने सभापतिको हातवाट अनेरास्वियूका अध्यक्ष तथा आजका प्रमुख अतिथि समेत रहेका ऐन महरलाइ सभापति डम्बर खडकाको हातवाट सम्मान पत्र प्रदान गरेका थिए । कार्यक्रममा मदन भण्डारी स्पोर्टका उपत्यका कमिटी सचीव तथा अनेरास्वियूका नेत सञ्जय दुवाडी, मदन भण्डारी स्पोर्टका क्रीकेट बिभाग सचीव सुमन कार्की लगायत पर्‍यटन मन्त्री धन बाहादुर बुढाको प्रमुख स्वकीय सचीव कमल रोकाय, बिधार्थी नेता नारायण घर्ती, मोति बिक, उमेश आचा¥य,कार्यक्रमको अतिथि थिए । कार्यक्रम भब्य रुपमा सम्पन्न भएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend