logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

सबै अधिकार प्रदेश र स्थानीय तहलाई दियौं मन्त्री पण्डित


  • जन आकाश
  • मंगलबार, असार १० २०७६



काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले संविधानले व्यवस्था गरेको सबै अधिकार प्रदेश र स्थानीय तहलाई दिएको दाबी गरेका छन् । मन्त्री पण्डितले प्रदेश र स्थानीय तहलाई संघीय सरकारभन्दा आफू अलग रहेको नठान्नसमेत आग्रह गरेका छन् ।

संविधानले तीनवटै तहको सरकारलाई सहकार्यमा अघि बढन निर्दिष्ट गरेकाले संघ, प्रदेश र स्थानीय तहको सरकारलाई एक अर्काबाट अलग रहेको ठान्न नमिल्ने उनको भनाइ थियो । मंगलबार ललितपुर महानगरपालिकाको चौंथो नगरसभामा बोल्दै मन्त्री पण्डितले पर्याप्त अधिकार दिइएको उल्लेख गर्दै प्रदेश र स्थानीय तहलाई त्यसको भरपुर उपयोग गर्न पनि सचेत गराए ।

उनले संघीय सरकार प्रदेश र स्थानीय तहसँग सहकार्य गरेर संघीयतालाई इमान्दारिताका साथ कार्यान्वयनमा लैजान प्रतिवद्ध रहेको पनि बताए । मन्त्री पण्डितले केहीले सिंहदरबारको अधिकार गाउँमा नपुगेको भने पनि त्यसमा सत्यता नरहेको दाबी गरे ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend