logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

साझा यातायातलाई अशोक लेलैण्डद्वारा २० थान बस हस्तान्तरण


  • जन आकाश
  • बुधबार, असार १८ २०७६



बैशाख–१६, २०७६ काठमाडौं । आइ.एम.ई. ग्रुप अन्तर्गत संचालित आइएमई मोटर्स प्रा.लि. द्वारा प्रवद्र्धित अशोक लेलैण्डले धेरै प्रतीक्षा पछि वातावरणमैत्री यूरो–४ मापदण्डका २० थान Lynx Smart, बसको हस्तान्तरण नेपालमा बिक्रि वितरणको सुरुवात काठमाडौँमा एक कार्यक्रम मार्फत साझा यातायात लाई हस्तान्तरण गरेको छ ।
धेरै अद्वितीय विशेषताहरु Lynx Smart, बसमा डिजाइन गरिएका छन्, जो आधुनिक टेक्नोलोजिद्घारा डिजाइन र प्रमाणित गरिएको हो, साथै अनिवार्य मापदण्डहरु भन्दा अतिरिक्त सुरक्षा प्रदान गर्दछ ।Lynx Smart, को विशेषताको रुपमा इन्जिनमा एक समकालीन –४ सिलिण्डर CRS डीजल जुन EGR टेक्नोलोजीसंग टर्बो चार्ज गरिएको इन्टरकुलर पाईन्छ र अधिकतम ९०० मिमी फ्लोर उचाइ, १३० एचपी (९५ kW_ को अधिकतम शक्ति २ @ 2400 rpm, सेमी इलिप्टिकल मल्टिलिफ साथै शक अब्जर्बर (अगाडी र पछि), ११५ लिटर ईन्धन टैंक क्षमता रहेको छ ।

ऐतिहासिक रुपमा, अशोक लेलैण्डले नयाँ, यात्री मैत्री बस समाधानको सफलतापूर्वक वितरण गरिरहेको छ र Lynx Smart बसको यो परम्परागत एक निरंतरता हो, जहाँ नेपाली ग्राहकहरु माझ आवश्यकताको विषय बन्दै गइरहेको छ । यो गाडी न केवल अपरेटर र यात्री अनुकूल छ, साथै पैदल यात्रीको सुरक्षा तथा विशेष रुपमा डिजाइन गरिएको कारणले चालक मैत्री संभव रहेको छ ।

हिन्दुजा ग्रुप अन्तर्गत अशोक लेलैण्ड भारतीय उत्पादक कम्पनी हो जसको भारतको चेन्नाईमा मुख्यालय रहेको छ । अशोक लेलैण्ड १९४८ मा स्थापित यो कम्पनी व्यवसायीक वाहनमा भारतको दोश्रो ठूलो उत्पादक कम्पनी हो । साथै ट्रक टिपर उत्पादकमा विश्वको बाह्रौं ठूलो उत्पादक हो । अशोक लेलैण्डमा यात्री परिवहनको १८ सिट देखि ८० सिट क्षमताका विभिन्न बसहरु रहेका छन् र बसको बजारमा ठूला पकड रहेको छ । अशोक लेलैण्डको मालवहाक

वर्गमा २.५ टन देखि ४९ टन सम्मका विकल्पहरु उपलब्ध छन् । नेपालमा उपलब्ध अशोक लेलैण्डका गाडीहरु ट्रक÷टिपर, बस, साना तथा मझौला व्यवसायिक गाडीहरु, डिफेन्स प्रयोजन लगायत अन्य विशेष गाडीहरु रहेका छन् ।

आइएमई मोटर्स प्रा. लि. नेपालका लागि अशोक लेलैण्ड कमर्सियल गाडी हरुको आधिकारिक बिक्रेता हो । नेपाल भरि आफ्ना शाखा तथा डिलरका सेल्स, सर्भिस र पार्ट्स नेटवर्क मार्फत आइएमई मोटर्सले ग्राहकहरुलाई सजिलो र सुलभ तरिका ले सेवा प्रबाह गर्दै आएको छ । युवा, सक्षम र उर्जावान जनशक्तिका साथमा आइएमई मोटर्स प्रा लि नेपालमा महत्वपुर्ण अटोमोबाइल कम्पनीको रुपमा अगाडी बढीरहेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend