जन आकाश
हाम्रो नेपालको बसोबास धर्म संस्कृति, भौतिक संरचनाको निर्माणको बनोट दिर्घकालिन सोच राखेर बनाइएका देखिदैनन् । त्यसकारण बेलाबेलमा हुने प्राकृतिक विपत्तिसँगै आपतकालिन स्थितिहरु सृजना भइरहेका हुन्छन् हिउँदमा आगलागी, वर्षामा बाढी पहिरो सवारी साधन अवरुद्ध तथा धनजन क्षति हुनको साथसाथै मानवीय क्षतिसम्म हुने गरेका छन् । त्यो कतिपय सावधानी अपनाउँदा अपनाउँदै पनि त्यस्ता घटना, दुर्घटना आपत विपत आउछन भने कतिपय घटना त मानवीय असावधानीका कारण पनि यस्ता आपत विपतहरु मानिस स्वयमले निम्त्याएको हुन्छ ।
एवम् मानिसले त ज्ञान चेतनाको अभाव का कारण वाध्यताले पनि त्यस्तो हुन सक्छ । तर जिम्मेवारी निकायलहरुले दिर्घकालिन सोच राखेर काम नगर्दा पनि यस्ता प्राकृतिक प्रकोप, आपत विपतका घटनाहरु सिर्जना भएका छन् । वर्षामा तराइमा डुबान र पाहाडमा बाढी पहिरोबाट धनजनको क्षतिको मुख्य कारण भनेको दिर्घकालिन कार्य योजना लागु नहुनु नै हो ।
नेपालका मठ मन्दिर धेरै जति खोलाको किनारमा बनाइएका हुन्छन र धर्मप्रतिको आस्था र विश्वास बोकेर दशनार्थीहरु त्यहाँ पुजा गर्न पुग्छन् त्यस्तो बेला बाढी आई मानिसहरुलाई बाढीले बगाएको प्रशस्तै उदाहरणहरु छन् । त्यस्तै अर्काे कारण हाम्रो वस्ती बसोबास गराउने विषयमा कसैले पनि ध्यान दिएको छैन । जहाँ पाएक पर्छ जाहाँ आफ्नो जग्गा जमिन छ त्यहि घर बनाउनुपर्ने अन्य ठाउँमा जग्गा जमिन नभएकाहरुका लागि बाध्यता पनि देखिन्छ सँगसँगै हाम्रो देशमा छरिएर रहेका घरहरु छन् कहाँ पहिरो आउँछ कहाँ आउदैन कुनै अध्ययन नगरी जताततै घरहरु निर्माण गरिएका छन् यस्तो अवस्थामा पहिरोको जोखिम हुनु स्वभाविकै हो । त्यो भन्दा डरलाग्दो विषय मानिसहरु जहाँ खोलाको किनार छ । भीर छ त्यस्ता ठाउँहरुमा घर बनाउन डर नमानीकन घर निर्माण गर्ने र नेपालमा सडक बाटोहरु पनि जाँहा खोलाको किनार छ भीरको मुनिमुनिबाट खन्ने र त्यही रोड जहाँ जहाँबाट गएको छ त्यहि त्यहि जोखिम मोलेर भएपनि स –साना टहरा हाली होटल व्यवसाय, अन्य पसल राख्ने चलन छ त्यस्ता ठाउँहरु सधै पहिरो र बाढीबाट जोखिममा हुन्छन् । अर्काे तर्फ जङ्गल सँगै जोडेर घर बनाउने कतिपय घरहरु त जङगलमा डढेलो लाग्दा आगलागीको जोखिम अत्याधिक हुन्छ र कतिपय घटनाहरुमा आगलागिबाट धनजनको क्षति भएको उदाहरणहरु पनि धेरै छन् ।
छरिएर रहेको वस्तीहरुलाई सामुहिक वस्ती र व्यवस्थित वस्तीको रुपमा विकास गरी पहिरो, बाढी आगलागी भन्दा टाढा र सुरक्षित बसाएर रोकन सकिन्छ । पाहाडी क्षेत्र र हिमाली क्षेत्रको सन्दर्भमा तराइमा हुने डुवानलाई सरकारी स्तरबाट नदी नियन्त्रण, नदीमा बढने बहावलाई सुख्खा क्षेत्रमा डाइभट गरी सिचाइमा परिणत गरी नदिको वहाव घटाउन सकिन्छ । तराइमा हुने आगलागी रोक्न टासिएर एकै ठाउँमा थुप्रै घर टहरा बनाइएको हुन्छ । त्यसलाई मापदण्ड तोकेर व्यवस्थित वस्तीको अवधारणा अन्र्तगत बस्ती बसाएर आपतकालीन स्थिति आउनबाट रोक्न सकिन्छ ।
शहरी आपतकालीन कम गर्न पनि विगतमा असन इन्द्रचोक, भोटाहिटी पाटन, भक्तपुर जस्ता शहरहरु बनिसकेका छन् ति घरहरुलाई नयाँ पुननिर्माण गरेर विशेष गरेर विद्युत सट हुन ग्याँस, प्रयोग गर्ने तरिका सुरक्षित राख्ने र टासिएर बनेका वाक्लो घरहरु भएका क्षेत्रमा होटलहरु विशेष गरेर पार्टी, प्यालेसहरु नबनाउने त्यस क्षेत्रमा ठुलो आगोको कामहरु नगर्ने गरेर शहरी आगलागी आपतकालिन बाट जोगाउन सकिन्छ ।
माथि उल्लेखित विषयहरु विगतमा भएका र हालसम्म बाढी पहिरोले धनजनको क्षति आजपनि भइरहेको हुँदा ति घटनाहरुबाट पाठ सिकेर आउदा दिनमा तयस्ता मानवीय क्षति व्यहोर्न नपरोस भनेर सबै सचेत हुनुपर्छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend