logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

राष्ट्रिय बीमा कम्पनी र मुक्तिनाथ बीच सम्झौता


  • जन आकाश
  • बिहिबार, असार २६ २०७६


नेपाल सरकारको स्वामित्व प्राप्त नेपाली बीमा क्षेत्रमा स्थापित राष्ट्रिय बीमा कम्पनी लिमिटेड र बैंक तथा वित्तिय क्षेत्रमा आफ्नो छुट्टै स्थान बनाउन सफल तथा विकास बैंकहरुको अग्रणी मुक्तिनाथ विकास बैंक लिमिटेडबीच यहि २०७६ आषाढ २२ गते आइतबारका दिन एक आपसका ब्यवसाय आदान प्रदान गर्ने सम्झौता सम्पन्न गरिएको छ । यस सम्झौता अनुरुप कम्पनीले बैंक सम्बन्धी कार्य गर्नको लागि मुक्तिनाथ विकास बैंकलाई प्राथमिकता दिने तथा बैंकले आफ्नो सम्पत्ति तथा दायित्वको बीमा गर्दा राष्ट्रिय बीमा कम्पनी लिमिटेडलाइ प्राथमिकता दिई गर्न लागिएको बताइएको छ । यसबाट बीमा कम्पनी तथा बैंकका कर्मचारी र ग्राहक दुबै लाभान्वित हुन सक्नेछन् । बीमा कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत डा.डिल्ली राज अर्याल तथा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले हस्ताक्षर गर्नुभएको थियो ।
मुक्तिनाथ विकास बैंक लि.ले देशैभरी ११९ वटा शाखा, २५ वटा ए.टि.एम. र छ लाख ग्राहकहरुलाई विभिन्न किसिमका निक्षेप तथाकर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बंैकास्योरेन्स, आस्वा, मोबाइल बंैकिंङ्ग सुविधाका साथै देशैभरी भिषा नेटवर्क अन्तर्गत रहेका एटिमबाट निःशुल्क रकम झिक्न मिल्ने सेवाहरु उपलब्ध गराएको छ । हालै मात्र बैंकले क्यान्सर उपचार र दुर्घटना मृत्यु बीमामा आवद्ध गरी जीवन वरदान बचत खाता सञ्चालनमा ल्याएको छ ।



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend