जन आकाश
हिमालय एअरलाइन्स्ले धेरै समय देखि पर्खाइमा रहेको काठमाडौं÷ढाका÷काठमाडौंको सीधा उडान यही २०७६ साउन ६ गते (जुलाई २२, २०१९) देखि सञ्चालनमा ल्याउने घोषणा गरेको छ । एअरलाइन्स्ले १५० इकोनोमी क्लास र ८ वटा प्रिमियम इकनोमी क्लासको सिट क्षमताको न्यारो बडी जहाज ए ३२०–२१४ उक्त रुटमा सञ्चालनमा ल्याउने जानकारी सार्वजानिक गरेको हो । एयरलाइन्स सँग नया“ एयरबस ३२०–२०० को तीनवटा जहाज रहेको बिज्ञप्तिमा उल्लेख छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend