logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

प्रभु बैंकको नयां एप्लीकेसन Prabhu Easy Forex सञ्चालनमा


  • जन आकाश
  • सोमबार, साउन ६ २०७६

प्रभु बैंक लिमिटेडले ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै अत्याधुनिक प्रविधि सहित गुणस्तरीय बैंकिङ्ग सेवा उपलब्ध गराउने क्रममा बैदेशिक मुद्रा सटही सुविधालाइ मोवाइल मार्फत अनलाइन आवेदन गर्न सकिने एप्लीकेसन Prabhu Easy Forex सञ्चालनमा ल्याएको छ ।
रोजगारी, व्यवसाय, पर्यटन तथा अन्य प्रयोजनको लागि हाल बिदेश भ्रमण गर्नेको संख्या दिनानुदीन बढ्दै गइरहेको र ब्यस्त दैनिकीका बावजुत पनि बैंकसम्मै पुगेर सटहीको आवेदन गरी बैदेशिक मुद्रा लिनुपर्ने बाध्यता विद्यमान रहेको अवस्थामा उक्त झण्झटिलो तथा लामो प्रकृयालाइ प्रविधिमैत्री तथा सरलीकृत गर्नको लागि एचबदजग Prabhu Easy Forex एप्लीकेसन अति नै उपयोगी हुने विश्वास लिइएको वैकले जनाएको हो ।
एचबदजग Prabhu Easy Forex मोवाइल एप हाल PlayStore बाट सजिलै डाउनलोड गर्न सकिनेछ भने PlayStore मा समेत चाडै उपलब्ध हुनेछ । उक्त एप्लीकेसन मार्फत बैदेशिक मुद्रा सटहीको लागि अनलाइन आवेदन गर्न सकिनेछ । आवेदकलाइ बैंकवाट केही समय भित्रमै SMS मार्फत सटहीको कन्फर्मेसन प्रदान गरिनेछ तत्पश्चात आवेदकले आफ्नो अनूकुल समयमा तोकिएको शाखा तथा काउण्टरवाट बैदेशिक मुद्रा संकलन गर्न सक्नेछन् । त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थल स्थित बैकको काउण्टरवाट समेत सहजै यो सुविधा उपलब्ध हुने व्यवस्था रहेको वैकले जनाएको छ ।
प्रभु बैंकले सञ्चालनमा ल्याएको यो मोवाइल एप बाट ग्राहक महानुभावहरुको समय बचत हुने तथा विना झण्झट अनलाईन गुणस्तरीय सेवा उपभोग गर्न सकिने भएकोले ग्राहकहरुले यसबाट अधिकतम् लाभ लिन सक्ने छन् ।



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend