logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

महालक्ष्मी विकास बैंकले सहयोग गर्‍यो


  • जन आकाश
  • मंगलबार, साउन ७ २०७६

महालक्ष्मी विकास बैंक लि. परासी शाखाले मिती २०७६÷०३÷३१ गते संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पृथ्वीचन्द्र अस्पताल, रामग्राम नवलपरासीलाई तातो चिसो पानी आउने वाटर डिस्पेन्सर, वाटर प्युरिफायर तथा वाटर मोटर मेसिन निःशुल्क जडान गरेको छ । बैंकको उक्त शाखाले सो अस्पताल परिसरमा एक कार्यक्रम आयोजना गरी उक्त सामाग्रीहरु हस्तान्तरण गरेको हो । बिरामीहरुका लागि पर्याप्त मात्रामा तातो चिसो पानीको व्यवस्था मिलाउने उद्देश्यले बैंकद्वारा अस्पताललाई वाटर डिस्पेन्सर र वाटर प्युरिफायर वितरण गरिएको हो । यसका साथै उक्त अवसरमा अस्पतालका बिरामीहरुका लागी फलफुल पनि वितरण गरिएको थियो ।



बैंकले आगामी दिनहरुमा पनि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अझ प्रभावकारी कार्यक्रमहरु गर्दै जाने प्रतिबद्घता जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend