logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

उत्कृष्ठ वित्तीय प्रतिवेदन अवार्ड एन आइलाइ


  • जन आकाश
  • बिहिबार, साउन ९ २०७६

 



एन आई सी एशिया बैंक लिमिटेड द इन्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ नेपाल (आइक्यान) ले प्रदान गर्ने उत्कृष्ठ वित्तीय प्रतिवेदन अवार्ड २०१८ बाट सम्मानित भएको छ । अर्थमन्त्री युवराज खतिवडाले मंगलबार आइक्यानद्वारा आयोजित एक समारोहका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेलाई उक्त अवार्ड प्रदान गर्नुभयो । अन्य वाणिज्य बैंकहरुका वार्षिक वित्तीय प्रतिवेदनहरुलाई उछिन्दै एन आई सी एशिया बैंकले सो अवार्ड जित्न सफल भएको हो ।

आइक्यानले सन् २००३ देखि हरेक वर्ष विभिन्न विधामा सर्वोत्कृष्ठ वार्षिक प्रतिवेदन तयार गर्ने संस्थाहरुलाई सम्मानित गर्दै आइरहेको छ । यस अवार्ड प्राप्त गर्ने वित्तीय संस्थालाई आफ्नो वार्षिक वित्तीय प्रतिवेदन सरोकारवाला व्यक्ति तथा निकायहरुलाई समयमै उपलब्ध गराउने र सर्वोत्कृष्ठ वित्तीय पारदर्शिताको अभ्यास गर्ने संस्थाको रुपमा लिइन्छ । बैंकले नेपाल फाइनान्सियल रिपोर्टिङ स्टान्डर्स् (एनएफआरएस) को मापदण्डबमोजिम आफ्ना सरोकारवाला व्यक्ति तथा निकायहरुको आवश्यकता अनुसार पर्याप्त वित्तीय जानकारी उपलब्ध गराएको छ । यस अवार्डले बैंकलाई थप उल्लेखनीय काम गर्ने हौसला मिलेको र बैंकले आगामी दिनमा वित्तीय क्षेत्रमा आफ्नो उत्कृष्ठ प्रदर्शन तथा वित्तीय पारदर्शिताको अभ्यास कायम राख्ने प्रतिबद्धता जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend