जन आकाश
सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले ग्रामिण साथै शहरी क्षेत्रमा समेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रमसँगै बैंकले बैतडी शाखाको आज औपचारिक उद्घाटन कार्यक्रम सम्पन्न गरेको छ । पाटन नगरपालिका वडा न. ६, एयरपोर्ट रोड स्थित बैतडी शाखाको पाटन नगरपालिका मेयर केशव बहादुर चन्दबाट आज मिति २०७६ साउन १२ गतेउदघाटन गरेको हो । उक्त क्रार्यक्रममा बैतडी जिल्लाका पुर्व उप–सभापतिहरु,दशरथचन्द नगरपालिकाका नगर प्रमुख नरेन्द्र सिंह थापा तथा बिभिन्न सरकारी निकायका प्रमुखहरु, बिभिन्न राजनितिक दलका प्रतिनिधीहरु, पत्रकार तथा स्थानिय समाजसेवीको उल्लेखनिय सहभागीता रहेको थियो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend