logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

‘भावनाका फूलहरु ३’ लोकार्पण


  • जन आकाश
  • शुक्रबार, साउन १७ २०७६

काठमाडौं,
साउन १७ ।



सर्जक किरण टी लिम्बुको गीति एल्बम ‘भावनाका फूलहरु ३’ लोकार्पण गरिएको छ । राजधानीको रातोपुल स्थित रकहाउस क्याफेमा शुक्रबार एक कार्यक्रमबीच गीति एल्बम ‘भावनाका फूलहरु ३’ लोकार्पण गरिएको हो ।

बरिष्ठ गीतकार राजेन्द्र थापाको प्रमुख आतिथ्यतामा भएको विमोचन कार्यक्रममा बरिष्ठ सङ्गीतकार गणेश रसिक, गीतकार विश्व बल्लभ, गीतकार सङ्घका अध्यक्ष चूडामणी देवकोटा, मेजर काजीमान लिम्बुलगायतकाको आतिथ्यतामा गीति एल्बम लोकार्पण गरिएको थियो ।

एल्बम विमोचन पछि अतिथिहरुले मन्तब्यका क्रममा एल्बममा रहेका गीत मधुर र कणप्रिय रहेको भन्दै सर्जक किरण टी लिम्बूलाई बधाई तथा शुभकामना दिएका थिए ।

लोकार्पण कार्यक्रममा एल्बममा संलग्न सबैलाई मायाको चिनो प्रदान गरिएको थियो । गीतकार सङ्घले आयोजना गरेको कार्यक्रमको सहजीकरण सङ्घका महासचिव वसन्त वित्यासी थापाले गरेका थिए भने स्वागत मन्तब्य सङ्घका उपाध्यक्ष शुभ मुकारुङले राखेका थिए ।

एल्बममा ‘अलि अलि हास्दै‘’ ‘सम्झना साथमा‘’, ‘छोएर गयो‘’, ‘यो आँखाले‘’ र ‘दुईलाई गुणा गर्दा‘’ जस्ता पाँच वटा गीत समावेस गरिएको छ । एल्बममा रहेको ‘छोएर गयो‘’ गीतमा दीपा लामा र बलराम समालले अलग अलग स्वर दिएका छन् । अन्य गीतमा अनु चौधरी, राजेश पायल राई, दिपक लिम्बु र उत्तमजंग लिम्बु लावतीको स्वर रहेको छ । एल्बममा रहेका गीत मध्ये ‘छोएर गयो‘’मा बलराम समालले सङ्गीत भरेका छन् भने अन्य गीतमा उत्तमजंग लिम्बु लावतीको सङ्गीत रहेको छ ।

सर्जक किरण टी लिम्बुको सार्वजनिक भएको यो तेस्रो गीति एल्बम हो । गीतकार सङ्घ नेपालका अध्यक्ष चुडामणि देवकोटाको सभापतित्वमा सम्पन्न भएको लोकार्पण कार्यक्रममा सर्जक, स्रष्टा र सञ्चारकर्मीहरुको बाक्लो उपस्थिति रहेको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend