logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

काठमाडौंमा अनुराधा पौडवाल भजन सन्ध्या हुने ।


  • जन आकाश
  • बुधबार, साउन २९ २०७६

 



काठमाडौं स्भारतीय चर्चित गायिका अनुराधा पौडवाल भदौ दोस्रो साता नेपाल आउने भएकी छिन् । भदौ १४ गते शनिबारका दिन नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी काठमाडौंमा अनुराधा पौडवाल भजन सन्ध्या हुने भएको हो । कार्यक्रममा पौडवालले आफ्ना लोकप्रिय भजन नेपाली प्रशंषकलाई सुनाउने आयोजक प्रशंसा संरक्षण समुहका संयोजक प्राज्ञ यज्ञराज उपाध्यायले जानकारी दिए । कार्यक्रमलाई संगीतमा सम्भुजित सेबेन नोट ब्यान्डले साथ दिनेछ । भजन सन्ध्यामा नेपालको सुदूरपश्चिमको पहिचान बोकेको गौरा नृत्य सहित भजनहरु सुनाइने कार्यक्रम पनि छ । कार्यक्रमले नेपाल भ्रमण बर्षको प्रबर्धनमा समेत सहयोग गर्ने विश्वास लिइएको संगितकार सम्भुजित बाँस्कोटाले जानकारी दिए । नेपाल रहदा पौडवालले विभिन्न धार्मिक स्थलको भ्रमण गर्ने कार्यक्रम पनि छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend