जन आकाश
नेपालमा बहुदल आएपछि की बौलाहरुको राज हुन्छ कि गुँमा मौलाएका मुलाहरुजस्तैको भन्ने चरितार्थ समाजमा देखिन थालेको छ । नेपाललाई नाम मात्रका आयोग, समिति, चाहिएको होइन काम गर्न सक्ने क्षमतावान नागरिक चाहिएको छ ।
तर ठिक उल्टो नेपालमा यतिबेला समिति नै समिति, आयोग, उपसमिति बग्रेल्ती खडा गरिएका छन्, लाग्छ तिनीहरुले गरेको प्रचार हेर्ने हो भने विश्वमा कसैले गर्न नसकेको काम नेपालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, संवैधानिक सांसदीय लेखा समिति, उप समिति, बेला बेलामा देशभित्र घट्ने घटनाहरु भएपछि त्यसको छानविन गर्न बनाइने समितिहरु लगायतले नेपालमा गरिरहेको कामको प्रचार प्रसार हेर्ने हो भने उनीहरुले जतिको काम कसैले गरेका छैनन् ।
नेपालको वास्तविक धरातललाई हेर्ने हो भने नेपालको मानवीय चेतनाको सुचांक, भौतिक पूर्वाधारको विकास, मानवले प्राप्त गर्नुपर्ने स्वास्थ्य, शिक्षा, रोजगार, सामाजिक सुरक्षा जोड्ने हो भने ती माथि उल्लेख गरेका आयोग, समितिहरुको काम गराईसँग मेल खाँदैन । किनकी उनीहरुले छानविन गर्नुपर्ने ठाउँ, व्यक्तिसम्म कुनै पनि कामहरु गरेको देखिँदैन । एउटा पक्ष भने अर्को पक्ष राजनीतिक पार्टीबाट चुनाव जितेर संवैधानिक लेखा समिति उप समिति बनाएर काम गर्नेहरुको हैसियत नेपाल एयरलाइन्स खरिद प्रक्रियामा कुन नियतले काम गरेका भन्ने प्रष्ट बाहिर आइसकेको छ । जबकी नेपाललाई २०१७ सम्म टुरिजम वर्ष घोषणा गर्न सरकारले बनाएको योजनालाई विफल बनाउन देशलाई नोक्सान पु¥याउन र विदेशी विमान कम्पनीलाई फाइदा पु¥याउन रचिएको खेल छर्लड्ड भइसकेको छ । ५ वर्षसम्म नेपालको आफ्नो ध्वजाबाहक बोइड्ड नहुँदा नेपाल आउने पर्यटक न्यून भई अर्थतन्त्रमा भारी गिरावट त्यही संसदीय लेखा छानविन समितिको कारणले देशलाई नोक्सान पुगेको थियो । जुन विषय ५ वर्षपछि सर्वोच्च अदालत, अख्तियार दुरुपयोग अनुसन्धान, लेखा समिति कसैले पनि भ्रष्टाचार भएको प्रमाणित गर्न सकेनन् ।
हो यस्तै प्रमाणित गर्न नसक्ने राजनीतिक आडमा प्रतिशोध र गलत कार्य गर्न नमान्ने कर्मचारीहरुलाई अचेल केही हजार पैसा जसले कर्मचारी फसाउन चाहन्छ त्यसले पैसाको आफै जोहो गर्ने फोटोकपी गर्ने पत्रकार भनिने तर पत्रकारको धर्म, पेशा, आचारसंहिता थाहा नभएकाहरुलाई प्रलोभनमा गलत तत्वहरुले प्रभावमा पारी सञ्चारमाध्यममा प्रचार गर्न लगाउन सँगै लिएर जाने अख्तियारलाई पनि खबर गर्ने र जो ती राष्ट्रिय कर्मचारीहरुको कार्य क्षेत्रमा पुग्ने र जर्बजस्ती तैले भ्रष्टाचार गरेको होस् भनेर नियोजित तरिकाले निर्दोषहरुलाई भ्रष्टाचारी बनाउँदै वास्तविक भ्रष्टाचारीहरुलाई गुमनाम बनाउने कार्य पछिल्लो समयमा बढ्दै गएका छन् । सामान्य पिउन, खरिदार, सुब्बाजस्ता पदमा काम गरिरहेका माथि बढी अख्तियार दुरुपयोगको गतिविधिले त्यही देखाउँछ । जबकी पिउन र खरिदारको कुनै अधिकार क्षेत्र नै हुँदैन । अरुले अ¥हाएको काम गर्ने हो ।
त्यस्तै अशल व्यवहार भएका र रातदिन राष्ट्रको सेवामा खटेका गलत कार्य त परको कुरा गलत मनशाय समेत नराखेका कर्मचारी वा नागरिकलाई भ्रष्टाचारीको आरोप लाग्यो भने के गर्लान् हिम्मत नहार्नेहरुले विद्रोह गर्छन् भने कतिपयले आत्महत्याको बाटोसम्म तय गर्छन् । त्यस्तै आत्महत्या गर्ने मध्यका परेका छन तत्कालीन कलंकीमा नायब सुब्बा हरिप्रसाद आचार्य उनले लेखेको नोटमा सतिले सरापेको देश रहेछ, मैले दुईपैसा पनि घुस वापतको रकम लिएको छैन । तर म देशको ठुलो भ्रष्टाचारी भए भन्ने शब्दले नेपालमा बहुदलीय व्यवस्था स्थापना पछि बहुबल भएका बलजफ्तीहरुले जे गर्दा पनि कानून न्याय संगत हुने अत्ममत जसको सुन्ने कोही छैन त्यस्ता व्यक्तिहरुले असल कर्म गरे पनि जेल जानुपर्ने नेपालमा रोजगार सृजर्ना गर्ने कुनै उद्योग नखोल्ने अनि भीड जम्मा गरेर बहुबल प्रयोग गरेर क्षमता नभएकाहरु नेता बन्ने र तेरो क्षमता छैन भन्ने सक्षम नागरिकहरुलाई जेलमा हाल्ने, पढेलेखेकाहरुलाई विदेशमा काम गर्न पठाउने र बुद्धबृद्धा, केटाकेटीको मात्र शासन गर्ने, नाम मात्रका समिति, उपसमिति, आयोग बनाएर अनियमितता गर्नेहरुले नै अरुलाई अनियमितताको कारवाही कार्यान्वयन गर्नु कत्तिको सान्दर्भिक होला सोचौ गम्भीर भएर ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend