जन आकाश
नेपाल सरकारले एक मुद्धा सागमा पनि कर उठायो, कम्पनी रजिष्टारमा दर्ता गरी आन्तरिक राजश्वमा प्यान लिई कारोबार गरिरहेका कम्पनीलाई वडाका, नगरपालिकामा दर्ता अनिवार्य गर्नुपर्ने बनायो लेकमा बल्ल बल्ल बर्षमा एकबाली फल्ने आलु बेच्न जाँदा गाउँपालिकाले कर लगायो, यो सरकार भन्दा त राजतन्त्र ठिक थियो भन्दै जनताहरुले गाउँदेखि शहरसम्म हल्ला गरेको सुनिन्छ । यो किन भइरहेको छ ।
राजतन्त्रको अवशान भएपछि चुपचाप बसेका पूर्वराजा ज्ञानेन्द्र र उनका पुर्खाहरुले सार्वजनिक स्थलमा कुनै पनि प्रतिक्रिया दिएका छैनन् । राजतन्त्र समर्थक, हिन्दुधर्ममा आस्था राख्नेहरुले राजतन्त्रको पुर्नवहाली गर्नुपर्छ भन्नु त लोकतन्त्रमा माग गर्न पाउँछन् । त्यो स्वभाविक हो । तर वास्तविकता भन्दा फरक ढंगबाट अगाडि बढेको देखिन्छ कतै जुलुस, धर्न भिडभाड जम्मा भएर राजतन्त्र फर्काउनु प¥यो, राजतन्त्र हुनुपर्छ भनेर आन्दोलन गर्ने कतै पनि अचेल देखिएका छैनन् । तर बाटोमा हिँड्ने बटुवा, ज्यामी काम गर्ने मजदुर, निजामती कर्मचारीहरु, गाडी चलाउने चालकहरु, प्रहरी सेवामा कार्यरत प्रहरीहरु गाउँका किसानहरु, शहरमा पत्रपत्रिका पसलमा पत्रिका पढ्न आउने शैक्षिक बेरोजगारहरु, विदेशमा रोजगारको शिलसिलामा काम गर्न गएका नेपालीहरुको फेसबुकमा अचेल प्रत्यक्ष अप्रत्यक्ष राजतन्त्रको पुनः बहालीको लागि बहुसंख्यक नेपालीहरुले लेख्न र बोल्न थालेका छन् ।
चुपचाप आफ्नो मर्यादामा बसेका नेपाली सेनालाई एक खालका मान्छेहरुले सैनिक के हेरेर बसेका छन् । नेपालमा विदेशी हस्तक्षेप बढ्दो यो सरकारलाई किन कु नगरेको जस्ता हल्लाहरु व्याप्त छन् । यतिबेला पूर्वराजा पनि चुपचाप छन् । तर देशका विभिन्न ठाउँमा जनताहरु भने विस्तारै सरकारको काम गराई र प्रबृत्ति देखेर नयाँ व्यवस्था भन्दा पुरानै पनि ठिक थियो भन्दै हल्ला गर्न थालिसेका छन् । त्यो जायज पनि होला । किनकी नेपालमा नयाँ परिवर्तनको नाममा राष्ट्रिय उद्योगहरु समाप्त गरिएका छन् । नयाँ परिवर्तनको नाममा कोशी, गण्डकी, महाँकाली जलस्रोतको अधिकार नेपालीबाट खोसेर भारतीय हातमा सुम्पिएको छ ।
ब्यापारमा डब्लुटिओको सदस्य राष्ट्र नेपाल भए पनि भारतको नीति र योजना बाहेक नेपालले केही बिक्री वितरण गर्न नपाउने जस्ता अप्ठ्यारो पार्दै नयाँ व्यवस्थाले नेपालीको अधिकारमाथि झनझन दमन गर्दै लगेको हुँदा बजारमा उठेका हल्लाहरु वास्तमै भोलिका दिनमा आन्दोलनको रुप बन्यो भने कसले नेतृत्व गर्ला फेरी उही पुरानै नेपालको हितमा केही नगर्ने रोजगारको लागि एउटा उद्योग नखोल्ने बिदेशीलाई आरोप लगाएर राष्ट्रवादी बन्नेकै बोलवाला हुन्छ वा राष्ट्रमा आत्मनिर्भर हुने खालको योजना नीति, कार्यक्रम बनाउन सक्ने सक्षम योग्य, नेतृत्व आउँछ त्यो विषयमा राम्रो ख्याल गरेर मात्रै आन्दोलन वा सरकार सत्ता परिवर्तन गराउनु ठिक हुन्छ होला । व्यक्ति, व्यवस्था फेरिए यहाँ परिवर्तन हुँदो रहनेछ । यहाँ त प्रबृत्ति फेरियो भनेर देशभक्त राष्ट्रभक्ति भावनाले ओतपोत भएको नेतृत्व नेपालले पायो भने मात्र नेपाल राष्ट्रको स्वाभिमान चुलिन्छ । त्यतापट्टी ध्यान दिन जरुरी छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend