जन आकाश
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको ब्यबसायिक कारोवार बिधिवतरुपमा सञ्चालन भएको दुई वर्ष पूरा भएको छ । कम्पनीले उक्त अवसरमा एक कार्यक्रमको आयोजनागरि दोस्रो वार्षिकोत्सब मनाएको छ ।
उक्त कार्यक्रममा सुभकामना मन्तब्य दिनुहुदै कम्पनीका सञ्चालक समितिका अध्यक्ष डा. रामहरि अर्यालले बीमा बजारमा कम्पनीले प्रतिस्पधातर््मक उपस्थिति जनाएको बताउनु भएको छ । चालु आ.व.२०७६÷७७ मा थप शाखा बिस्तार गरि बीमित, अभिकर्ता एवं सेवाग्राहीको पहँुचलाई सर्वसुलभ, छिटो छरितो सेवा पुर्याउने, मानव संसाधनमा गुणात्मक तथा रचनात्मक अभिवृद्धिका लागि आवश्यक तालिमको ब्यबस्था तथा उत्प्रेरणा हुने खालको निति तर्जुमा गरिने जानकारी गराउनु भयो । कम्पनीले नियमनकारी निकाय बीमा
समितिको निर्देशानुसार धितोपत्र ऐन बमोजिम निर्देशित तथा अन्य आवश्यक प्र्रकियाहरु पूरा गरि सर्वसाधारणका लागि शेयर जारी गरिने समेत बताउनु भयो । साथ,ै आर्थिक पहुँच र वित्तीय साक्षरताबढाउने काममा कम्पनीले सहयोग गरिरहेको र यसलाई अझ प्रभावकारी बनाउनु पर्नेमा जोड दिनुभयो ।
सोहि अवसरमा कम्पनीले विभिन्न संघ संस्था तथा त्यसका कर्मचारी तथा सदस्यहरुको सुविधा तथा लाभलाई मध्यनजर गरि भर्खरै बीमा समितिवाट स्वीकृती प्राप्त नयां जीवनबीमा लेख आइएमई सामूहिक सावधिकबोनस सहितको जीबनबीमा योजना सार्वजनिक गरेको छ ।
सोहि अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्टले जीबन बीमा ब्यबसायमा महत्वपूर्ण भुमिका खेल्ने अभिकर्ताको लागि आर्कषक एवं उत्प्रेरक बिबिध प्रोत्साहन योजनाहरु कार्यन्वयन गरिने जानकारी गराउनु भयो ।
सञ्चालन भएदेखि नै कम्पनीको सफलतामा हरतरहले सहयोग दिनुहुने नियमनकारी निकाय बीमा समिति, कम्पनी रजिष्ट्रारको कार्यालय, सरोकारवाला सम्पूर्ण निकायहरु, सञ्चालक समितिका सदस्यहरु, सस्थापक शेयरधनी महानुभावहरु, कर्मचारीहरु, अभिकर्ताहरु प्रति कम्पनीले हार्दिक धन्यवाद एवम् कृतज्ञता ज्ञापन गर्दै आगामी दिनमा समेत सोहि किसिमले सहयोग गर्नु हुने विश्वास लिएको व्यहोरा जनाएको छ ।
ब्यवसाय सुचारु भएको दोस्रो वर्ष सम्ममा कम्पनीले देशका सातै प्रदेशकाबिभिन्न ८५ स्थानमा शाखा कार्यालयहरु स्थापना गरि बीमा सेवा पु¥याउदै आएको छ । कम्पनीले यस आर्थिक बर्ष २०७६÷७७ मा थप शाखा÷उपशाखाहरु बिस्तार गरि बीमाको पहुँच तथा सेवादिने योजना रहेको जानकारी गराएको छ । साथै, कम्पनीले आर्थिक बर्ष २०७५÷७६ मा रु. ९१ करोड बीमा शुल्क संकलन गर्न सफल भएको जानकारी पनि गराएको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend