जन आकाश
काठमाडौं । टिभिए मोटर कम्पनीद्धारा ‘टिभिएस एनटर्क १२५ को’ ब्रण्डएम्बेसेडरमा स्स्तिमा खड्का र प्रदीप खड्कालाई नियुक्त गरेको छ । टिभिएस मोटर र नेपालका लागि टिभिएसको दुई पाङग्रे सवारी साधनको अधिकृत वितरक जगदम्बा मोटर्स प्रालिले ब्रण्ड एम्बेसेडरको घोषणा गरेको हो ।
उक्त टिभिएस एनटर्क १२५ विशेष प्रविधियुक्त प्लयाटफर्म नेपालकै पहिलो कनेक्टेड स्कुटर रहेको जनाएको छ ।हिजो सोल्टी होटलमा कार्यक्रम गरी नेपालका लागि अधिकारीक बिक्रेता जगदम्बा मोटर्स प्रा. लिका र्निदेशक दिपक अग्रवालले मुस्कानका साथ यसमा स्टेट–अफ–आर्ट सीभीटिआई आरईभीभी–३ भल्भ इन्जिन रहेको छ भनि जानकारी दिएका थिए । टिभिएस कम्पनी दुई पाङ्ग्रे तीन पाङग्रे सवारी साधनको निर्माता कम्पनी हो । बिगतमा मिटर ट्यापो भनेर चिनिने सवारी काठमाडौमा थियो । तर त्यो अहिले बिस्थापित भइसकेको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend