logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

आजवाट अटो शो शुभराम्भ


  • जन आकाश
  • मंगलबार, भाद्र १० २०७६

काठमाडौ अटोमोबाइल्स एशोसिएसन अफ नेपालको आयोजनामा आजवाट अटो शो शुरु भएको छ । यो अटो शो बिगत बर्षकै निरन्तरता हो । दशैको अवसर पारेर यस्तै शो नाडाले गदै आएको छ ।
आज अर्थमन्त्री डा. युवाराज खतिवडाले १४ औ अटो शो उदघाटन गरेका थिए । आजको प्रमुख अतिथि समेत रहेका खतिवडाले व्यवसायी इमानदार भए सरकार पनि इमानदार हुने भन्दै केही सुझावहरु समेत दिएका थिए । अटोको क्षेत्रमा एसेम्बल गर्ने हो भने सरकारले लगानिको २० प्रतिशत सुविधा दिने पनि बताएका थिए । नेपालमा पेट्रोल, डिजेलवाट चल्ने सवारी साधनहरु कम गदैं लैजाने पनि मन्त्री खतिवडाले बताए । कार्यक्रमको सभापति अटोमोबाइल्स एशोसिएसन अफ नेपालका अध्यक्ष शम्भु प्रसाद दाहालले गरेका थिए । भने अटोमोबाइल्स एशोसिएसन अफ नेपालका उपाध्यक्ष कृष्ण प्रसाद दुलालले कार्यक्रममा उपस्थित सवैलाइ धन्यवाद ब्यातm गदै पत्रकारहरुलाइ बिशेष धन्यवाद र पत्रकारहरुले यस कार्यक्रमलाइ भव्य बनाउन सहयोग गरेको भन्दै प्रत्रकारको प्रशंसा गरेका थिए । कार्यक्रममा पूर्व अध्यक्षहरु, उधोग बाणिज्य संघका पदाधिकारीहरु, बिभिन्न संघ, संस्थाका प्रतिनिधिहरु र दर्शकहरुको उल्लेखिय उपस्थिति रहेको थियो ।



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend