logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

बालिका नहरमा मृत भेटिइन ।


  • जन आकाश
  • आइतबार, भाद्र २२ २०७६

चितवनमा भाद्र १९ गते बिहीवार राती भरतपुर ५ कैलाश नगर आफ्नै घरबाट हराएकी ६ बर्षिय बालिका स्‍मृति कार्की घर नजिकैको नहरमा मृत अवस्थामा फेला परेकी छिन् ।घरको आँगनमा रहेको बेन्चमा सुतिरहेकी स्‍मृति बिहीवार राती करिब ९ ३० बजेबाट हराएकी हुन् । बालिका हराए लगत्तै परिवारले खोजी गरेको थियो तर भेट्टाउन सकेका थिएनन् ।दुई दिन देखी हराईरहेकी बालिकालाई हिजो शनिबार बिहान घर नजिकैको नहरमा डुबिरहेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । पानीमा डुबेको अवस्थामा फेला परेकी बालिकालाई जिल्ला अस्पातल पुर्‍याई तुरुतै चिकित्सकहरुले मृत घोषणा गरेका थिए । सोहि बालिकाको परिवारले उनलाई कसैले हत्या गरेको हुन सक्ने आरोप लगाएका छन् । शुक्रबार नहर बन्द गरेर खोज्दा नभेटिनु तर शनिबार बिहान त्यही नहरमा शव भेटिनुले हत्या गरेर नै फालिएको भनि बालिकाको परिवारले घटनाको छानबिन गर्न माग गरेका छन् ।



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend