जन आकाश
जनता बैकंबाट नागार्जुन न.पा. वडा न. १, रानीवन स्थित नागभुषण महादेव मन्दिरको भौतिक संरचना सुधारको लागी रु १ लाख ५० हजार सहयोग प्रदानगरिएको छ । बैंकका नायव प्रमुख कार्र्यकारी अधिकृत सुजित कुमार शाक्यले नाग भुषण महादेव मन्दिर संरक्षण तथा सामुदायिक संस्थाका अध्यक्ष मती विष्णु कुमारी सिंखडालाई आज उक्त रकमको चेक हस्तान्तरण गर्नुभयो । ईचंगुनारायण जग्गा एकिकरण आयोजना भित्र करिव १.५ रोपनी क्षेत्रफलमा कलात्मक नागभुषण महादेव मन्दिर र करिव २०० जना क्षमताको सत्संग भजन पाटी निर्माण गरिएको छ । उक्त मन्दिर परिसरको थप भौतिक संरचना सुधार र निर्माणको लागि सहयोग स्वरुप संस्थागत सामाजिक उत्तरदायित्व अन्त्र्तगत उक्त रकम प्रदान गरेको हो ।
जनता बैंकले हाल मुलुक भरमा १४२ शाखा ५० शाखा रहित बैकिंग १०८ एटिएम ३ एक्स्टेन्सन काउण्टर र १ सिमित बैकिंगइकाई मार्फत ग्राहकहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ भनि बैकले जनाएको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend