जन आकाश
नेपालमा आफ्नै उत्पादन भनेको कृषिजन्य सामाग्री र केही मात्रामा सामान्य बस्तुहरु मात्र छन् । त्यो पनि पूर्ण आत्मनिर्भर छैन । नेपालमा बहुसंख्यामा रोजगार सृजर्ना गर्ने खालका र विश्व बजारमा प्रतिस्पर्धा गर्न लायक ठुला कम्पनी उद्योगहरु पनि छैनन् । नेपालमा बहुदलीय व्यवस्था स्थापना हुनुभन्दा अगाडि र राणा शासनकालमा स्थापित उद्योगहरु बहुदलीय शासनकालमा सबैजसो बन्द गरिसकेका थिए । बाँकी रहेका उद्योगले चर्चेका जग्गाहरु र उद्योगमा मेशिनहरु समेत लोकतान्त्रिक गणतन्त्र स्थापना पछि कौडीको भाउमा बिक्री गरेर समाप्त पारेका छन् ।
यो अवस्थामा नेपालमा निजि क्षेत्रका व्यवसायीले नेपालको अर्थतन्त्र र व्यापारलाई केही मात्रामा भएपनि त्राण दिइरहेका छन् । तर ती स्वदेशी उत्पादन बस्तुहरु नेपाली बजारमा नेपाली नागरिक, सत्तापक्षमा सम्बन्धित निकायहरुले प्रयोगमा त्यति ध्यान दिँदैनन् । र अरु देशबाट आयातित वस्तुहरु प्रयोग गर्दा देशभित्र उत्पादन गरिएका बस्तुहरु बजार अभावमा धराशायी हुन पुग्छन् । उद्योग धराशायी हुँदा लगानीकर्तामा असर पुग्छ । उत्पादन बजारमा बिक्री नहुँदा मजदुरले रोजगार गुमाउँछन् मजदुरसँग आर्थिक अभाव भएपछि बजारमा हरेक बस्तु ब्यापारमा असर पुग्छ । त्यसको अलावा विदेशी सामान वस्तु प्रयोग गर्दा हाम्रो धनराशी विदेशिन्छ । हाम्रो ठुलो धनराशी विदेशिएपछि हाम्रो व्यापार घाटा बढछ । व्यापार घाटा बढेपछि हाम्रो राष्ट्रिय अर्थतन्त्रमा असर पुग्छ र देशको अर्थतन्त्र कमजोर भएपछि विकास निर्माणमा असर पुग्छ विकास निर्माण हुन नसक्दा नागरिकले सास्ती बेहोर्नुपर्छ । सास्ती व्येहोर्नुपर्दा नागरिकहरु दुःखी हुन्छन् । हामी नेपालीले आफ्नो देशको उत्पादनलाई हेला गर्दा यति ठुलो समस्या आउँछ । त्यसकारण सबै नेपालीहरुले आफ्नै देशमा उत्पादन भएका सामान बस्तु प्रयोग गर्नुपर्छ । आफ्नो देशको राष्ट्रियता बलियो बनाउन स्वदेशी उत्पादनहरु नै प्रयोग गर्नुपर्छ ।
अर्को नेपालमा नै धेरैभन्दा धेरै रोजगार सृजर्ना गर्न सक्ने उद्योग कलकारखानाहरु स्थापना गरेर सञ्चालन गर्नुपर्छ र सरकारले पनि आफ्नै देशमा उत्पादन हुने वस्तु सामानहरुलाई सहुलियत सुविधा दिएर प्रोत्साहन गर्नुपर्छ । ताकि विदेशी उत्पादनभन्दा हाम्रो उत्पादन गुणस्तर पनि होस् र सामान्य भन्दा सामान्य नागरिकले पनि उपभोग गर्न सक्ने मूल्यमा पाइयोस् यस्तो खालको नीति बनाएर नेपालमा उद्योग कलकारखाना उत्पादनलाई संरक्षण गर्दै अगाडि बढाउनुपर्छ तब मात्र हाम्रो देशको प्रचुर विकास र समृद्ध नेपाल सुखी नेपाली हामी नेपाली बन्न सक्छौं त्यो अवस्थामा पु¥याउन हामीले स्वदेशी उत्पादनलाई प्राथमिकता दिनुपर्छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend