जन आकाश
अमेरिकाको ख्याति प्राप्त रेमिटान्स कम्पनी रेमिट् ली र सिटी एक्सप्रेस मनी ट्रान्सफर बिच रेमिटान्स सम्झौता भएको छ । अमेरिका, युरोप, क्यानडामा रहनुहुने नेपालीहरुले अब रेमिट्ली(Remitly)को मोबाइल एप्लिकेशन डाउनलोड गरी सजिलै आफ्नो आफ्न्तलाई मोबाइलबाट पैसा पठाउन र नेपालमा सिटी एक्सप्रेससँग आबद्घ ७००० भन्दा बढी एजेन्ट्हरु बाट सजिलै भुक्तानी लिन सकिने या कुनै पनि बंैकको खातामा रकम जम्मा गर्न सकिने छ । उक्त सम्झौतामा सिटी एक्सप्रेसको तर्फबाट सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन र रेमिट् ली को तर्फबाट प्रमुख कार्यकारी अधिकृत म्याथ्यू अप्पन हाईम्रले हस्ताक्षर गर्नुभएको थियो । सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १३वर्ष देखि बिश्व भरी आफ्नो रेमिट एजेन्ट्हरु बाट ७००० भन्दा बढी नेपालको एजेन्ट्हरु मार्फत भुक्तानी प्रदान गर्दै आइरहेको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend