जन आकाश
रामेछाप । रामेछापको दोरम्बा गाउपालिका वाडन. २ स्थित ढुइगाउमा चारकोठे आर सिसि भवन निर्माण सम्पन्न भएको छ । यहि भदौ १६ गते नव निर्मित भवन गाउँपालिकाका अध्यक्ष कमानसिं तामाङले उदघाटन गरेका थिए । भवनलाइ स्कुलको स्थापना दिवश पारेर उदघाटन गरिएको हो ।
कार्यक्रमको सभापतित्व जन जागृति आधारभूत बिद्ययालयका ब्यवस्थापन समितिका अध्यक्ष श्याम कुमार थापा मगरले गरेका थिए । भने कार्यक्रममा गाउपालिकास्तरीय नेता, बुद्धिजिवी, बिभिन्न पेशा समुदायका व्यातित्वहरुको उपस्थिति रहेको थियो । अतिथिहरुमा नेकपाका प्रदेश कमिटी सदस्य तुला प्रसाद कडेल, नेकपाका जिल्ला कमिटी सदस्य हिरा श्रेष्ठ, नेपाली काग्रेस रामेछाप जिल्ला समिति सदस्य केशव कुमार लामा, राष्ट्रिय पुननिमार्ण प्रधिकरणका ओभरसियर पृथ्वि थापामगर लगायतको उपस्थिति रहेको थियो ।
उतm भवन निर्माणको लागि राष्ट्रिय पुननिर्माण प्रधिकरण र जिल्ला कार्यन्वयन इकाइ शिक्षाको ७१ लाँखको सहयोगमा ६ महिना अगाडी निर्माण थालिएको थियो रामेछापका स्कुलहरु २०७२ को माहाभूकम्पले क्षतिग्रस्त भएका थिए । त्यसमध्य उतm स्कुल पनि क्षति भएको थियो । क्षति पछि स्थानीय र स्कुल ब्यवस्थापन साथै पूर्व विद्ययालय व्यवस्थापनका अध्यक्ष थिर बाहादुर थापामगरको पहल महत्वपुर्ण रहेको कार्यक्रममा उपस्थित बक्ताहरुले थिर बाहादुरको प्रशंसा गरेका थिए ।
नव निर्मित भवनमा उदघाटन पछि बिद्ययार्थीहरुलाइ पठन पाठन गर्न सजिलो हुने हुने भन्दै शिक्षकहरुले खुृसी ब्यातm गरेका थिए ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend