logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

इडन ब्रिज एकेडेमीद्वारा दुई सष्टालाई सम्मान


  • जन आकाश
  • मंगलबार, भाद्र ३१ २०७६

 



इडन ब्रिज एकेडेमी बालसाहित्य सम्मानबाट दुई जना साहित्यकार सम्मानित भएकाछन्।
टोखा नगरपालिका ( ४ धापासी स्थित इडन ब्रिज एकेडेमीले ५५ औ बाल दिवसको अवसरमा काभ्रेकी कविर बालकथाकार तारा के।सी र खोटाङ्गका कवि एवं पत्रकार श्रि राम राई इडन ब्रिज एकेडेमी बाल साहित्य सम्मानबाट सम्मानित भएका छन्। लामो समय देखि साहित्य साधनामा लागेकि तारा के।सीले ओझेलमा परेको बाल साहित्यको उत्थन र बिकाशमा पुराएको योगदानको कदर गर्दै के।सी लाई इडन ब्रिज एकेडेमी बाल साहित्य सम्मान द्वारा सम्मानित गरिएको छ।

त्यस्तै अर्का बाल साहित्यकार लेखन र बाल पत्रकारिताको माध्यमबाट नेपाली साहित्यमा पुराएको योगदानको कदर गर्दै साहित्यकार एवं पत्रकार राईलाई इडन ब्रिज एकेडेमी बाल साहित्य पत्रकारिता सम्मानद्वारा सम्मानित गरिएको कवि तथा गीतकार प्रिन्सिपल प्रेम राई ूपरिक्षितलेू जानकारी दिनु भयो।

हाल साहित्य लेखन पत्रकारितामा क्रियासिल राई तथा के।सी लाई आइतबार टोखा नगरपालिका (४ धापासीकन बडा अध्यक्ष धर्मिन्द्र श्रेष्ठले दोसल्ला ओढाएर सम्मान र नगर प्रदान गर्नु भएको थियो।
दस बर्षे शिक्षण पेसा छाडेर काठमाडौ छिरेका खोटाङ्गको दिक्तेलका राईका बाल कथा संङ्ग्रह टोली नेता( २०७५ र आजकालका लघुकथा संयुक्त लेखन २०७४ प्रकाशित छन्।
काभ्रे पनौतीकि कवि तथा कथाकार के।सी। लामो समयसम्म शिक्षण पेसामा आवद्व रहि २०६७ मा तारापुञ्ज कविता संङ्गग्रह २०७० फूलबारी बाल कविता,२०७४ फिन्को र टोरी बालकथा २०७५ प्रिय छोरी कविता संङ्ग्रह प्रकाशित भएका छन्। के।सी का बालकथा र कविताहरू राष्ट्रिय पत्रपत्रिकामा समेत प्रकाशित हुँदै आएका छन्। के।सी ले लीलाध्वज साहित्य प्रतिष्ठानद्वारा आयोजित कविता प्रतियोगिता २०७३मा सर्वो उत्कृष्ट कविता पुरस्कार, दिपज्योति वसन्त काव्य पुरस्कार, सामाखुशी साहित्य समाजबाट उत्कृष्ठ कविता पुरस्कार, साहित्य एवंं स्वास्थ प्रतिष्ठान पाल्पाबाट सम्मान, कवि समूह नेपालबाट सम्मान लगाएत एक दर्जन भन्दा बढी साहित्य संघ संस्थाकाट पुरस्कार र सम्मानित भैसकेकिछन्।

२०६१ सालमा स्थापना भएको एकेडेमीले शिक्षण सिकाई क्रियाकलाप सँगै आफ्नो बार्षिक कार्यक्रम अनुसार ब्यक्तिगत सामुहिक र कक्षागत सहभागिता गराई विभिन्न खेलकुद बक्तित्व कला वादविवाद हस्त लेखन र हाजिर जवाफ लगाएत अतिरिक्त क्रियाकलापमा उत्कृष्ट तथा पुरस्कृत हुने छात्र छात्रालाई पुरस्कार एवं सम्मान प्रदान गरिएको थियो।
बपधालय ब्यवस्थापन समितिका अध्यक्ष हरिकृष्ण श्रेष्ठको अध्यक्षतामा भएको उक्त कार्यक्रममा बिधालयका शिक्षिका तथा बिधार्थीहरूले विभिन्न संस्कृति झल्कने गीत तथा नृत्य प्रस्तृत गरेका थिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend