logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

महालक्ष्मीविकास बैंक लि. कोटेश्वर शाखाको उदघाटन


  • जन आकाश
  • मंगलबार, भाद्र ३१ २०७६

महालक्ष्मीविकास बैंक लि. ले आफ्नो सेवा देशभर विस्तार गर्दै लैजाने क्रममा काठमाडौँ जिल्ला, काठमाडौँ महानगरपालिका वडा नं.३२, स्थित कोटेश्वर शाखा कार्यालयको मिति २०७६÷०५÷३०गते सोमबारका दिनऔपचारिक समुद्घाटन कार्यक्रम सम्पन्न गरेको छ । उक्त शाखाको उदघाटन कार्यक्रमका प्रमुख अतिथि तथा नेपाल राष्ट्र बैंक, विकास बैंक सुपरीवेक्षण विभागका कार्यकारी निर्देशक ऋषिकेश भट्टज्यूले दीप प्रज्वलनसाथ गर्नुभएको थियो भने सभापतिको आसन ग्रहण बैंकका सञ्चालक समितिका सदस्य राजेश कुमार रौनियारले गर्नु भएको थियो ।



बैँकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले सो समारोहमा उपस्थित अतिथि, विभिन्न कार्यालयका प्रमुखहरु, व्यवसायी तथा स्थानीय सर्वसाधारणको उपस्थिति प्रति कृतज्ञता ज्ञापन गर्नुभएको थियो । वहाँले बैँकले आफ्ना ग्राहकको आवश्यकतालाई उल्लेख्य रुपमा सम्बोधन गर्दै आइरहेको जानकारीका साथै आगामीदिनमा बैंकले अझै उत्कृष्ट सेवादिने तथा बैँकिङ्ग सेवामा नेपाली जनताको पहुँच बढाउन बैँकले शाखा विस्तारको क्रमलाई निरन्तर अघि बढाइरहने प्रतिवद्धता गर्नुभयो।
देशकाशहरी तथा ग्रामीण क्षेत्रकाविभिन्न स्थानहरुमा १०० वटा शाखा तथा ३५ वटा एटिएमहरु मार्फत सेवाप्रदान गरिरहेको महालक्ष्मी विकास बैंक लि. को ग्राहक संख्या करिब पाँचलाख रहेको बैकले कार्यक्रममा जनाएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend