logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

सिटीएक्स्प्रेसको “लखपति एक्स्प्रेस २०७६( न यति न उति सिधै लखपति” योजना सार्वजनिक


  • जन आकाश
  • मंगलबार, भाद्र ३१ २०७६

 



सिटी एक्सप्रेस मनी ट्रान्सफरले समस्त नेपालीहरुको महान चाड दशैँ, तिहार र छठ्लार्इ लक्षित गर्दै आफ्ना उपभोक्ताहरुसंग पर्वको खुशी साट्न लगातार ९० दिन सम्म चल्ने “लखपति एक्स्प्रेस २०७६ ( न यति न उतिसिधै लखपति”उपहार योजना घोषणा गरेको छ ।

सिटी एक्स्प्रेसको यो उपहार योजना अन्तर्गत लक्की ड्र मार्फत उपभोक्ताहरुले दैनिक १०जनाले रु २०० को मोबाइल टप अप जित्न सक्नेछन् । त्यसैगरी साप्ताहिक रुपमा १ जना विजेताले रु १०,०००र हरेक महिना लक्की ड्रमा विजयी हुने १ जनालाईरु १००,००० उपहार प्रदान गरिने जनाएको छ ।
उपहार योजनाको अन्त्यमा १ जना भाग्यशाली विजेताले बम्पर उपहार रु १०,००,००० जित्न सक्नेछन् । कम्पनीका अनुसार दैनिक, साप्ताहिक तथा मासिक विजेताहरु समेत बम्पर उपहारका लागि सहभागीहुने जानकारी दिएको छ ।

कम्पनीका अनुसार यो “लखपतिएक्स्प्रेस २०७६ ( न यति न उतिसिधै लखपति”अफर असोज १ गते देखिमंसिर ३० गते सम्मलागू हुनेछ । यो अवधिभरी सिटी एक्सप्रेस मार्फत पैसा पठाउने सम्पूर्ण सेवाग्राही यो उपहार योजनामा सहभागी हुनेछन् । यस उपहारको विजेता छनौट गर्दा विद्युतीय प्रणालीद्वारा गरिनेछ कम्पनीले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend