logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

नायरले अष्ट्रेलियन एजुकेसन फेयर गर्ने


  • जन आकाश
  • बुधबार, असोज १ २०७६

काठमाडौं– नेप्लिज एसोसियसन अफ अष्ट्रेलियन एजुकेसन रिप्रिजेन्टेटिभ नेपाल (नायर) ले अष्ट्रेलियामा उच्च शिक्षा लिन चाहने विद्यार्थीहरुको जिज्ञासा समाधान गर्ने हेतुले अष्ट्रेलियन एजुकेसन फेयर आयोजना गरेको छ ।
अष्ट्रेलियाको बदलिँदो शिक्षा नीति, त्यहाँ पढ्न चाहनेका लागि भिसा प्रक्रिया तथा छात्रवृत्ति र अन्य विषयमा जानकारी दिने उद्देश्यले यो फेयर गर्न लागिएको हो ।
‘समयसमयमा विभिन्न फेयर आयोजना भइरहेका छन् तर हामीले विद्यार्थीलाई उचित परामर्श दिन र उनीहरुको करिअर सेट गर्नका लागि हाम्रो योगदान होस् भन्नका लागि यो फेयर आयोजना गरेका हौँ,’ नायरका अध्यक्ष विज्ञान श्रेष्ठले भने, ‘यसले विद्यार्थीहरुलाई विशेष फाइदा पुर्याउनेमा हामी विश्वस्त छौँ । हामी समुन्नत नेपाली समाज निर्माणका लागि विदेशमा वा स्वदेशमा जहाँ भए पनि विद्यार्थीले आफ्नो चाहनाअनुरुप पढ्नु पर्छ भन्नेमा विश्वास गर्छौँ ।’
‘उच्च शिक्षामा जान चाहने विद्यार्थीलाई भ्रमहरुबाट मुक्त गर्नका लागि यो फेयरको आयोजना गरिएको हो,’ नायरका महासचिव उद्धव खड्काले भने, ‘यो फेयर यसअघि गरिएका फेयरभन्दा भिन्न हुनेछ किनकी यो विशुद्ध विद्यार्थीहरुलाई फाइदा होस् र अष्ट्रेलियाका विषयमा रहेका विविध भ्रमहरु चिर्न सहयोग पुगोस् भन्ने उद्देश्यका साथ गरिएको हो ।’
यो फेयरमा काठमाडौंमा अष्ट्रेलियन शिक्षाको परामर्श गरिरहेका हब एकजुकेसन, एजुकेसन पार्क, युनिक्याम्पस, एक्सपर्ट एजुकेसनलगायतका २० भन्दा बढी संस्थाहरु सहभागी हुँदैछन् । ‘धेरै शैक्षिक संस्थाहरु भएकाले एउटै स्थलोमा विद्यार्थीहरुले धेरै शिक्षा लिन पनि पाउँछन्,’ खड्काले जानकारी दिए, ‘सबै विषयमा बुझेर भोलि आफूलाई तयार पार्न र आफ्नो चाहना सम्बोधन होस् भन्ने चाहने विद्यार्थीले हाम्रो फेयरमा भाग लिन सक्नुहुनेछ ।’
यो फेयर असोज २ गते अर्थात् सेप्टेम्बर १९ तारिखमा अन्नपूर्ण होटलमा आयोजना गरिएको छ । विहान १० बजे सुरु भएर साँझ पाँच बजे सकिने फेयरमा निःशुल्क भाग लिन पाइनेछ ।



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend