जन आकाश
कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तार गर्दै जाने क्रममा इम् OD(Overdraft) कार्ड सुविधा समेत प्रदान गर्ने गरी यहि असोज २ गते देखि सो सेवा शुभारम्भ गरेको छ । बैंकका संचालक विश्वेश्वर सुवेदी र प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले संयुक्त रुपमा उक्त सेवाको शुभारम्भ गर्नुभएको थियो । प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले OD कार्डको महत्व र यसबाट ग्राहकहरुले प्राप्त गर्न सक्ने सुविधा र फाइदाका बारेमा प्रकाश पार्दै अब उपरान्त यस बैंकका ग्राहकहरुले उक्त OD कार्ड प्रयोग गरि उपलब्ध सीमासम्मको रकम झिक्न सक्नुका साथै सामान खरिद गर्दा पनि कार्ड प्रयोग गर्न सक्ने बताउनु भयो । साथै, OD कार्ड सुविधाको सञ्चालनबाट बैंकको व्यापार विस्तारलाई अझ तिव्रताका साथ अघि बढाउन सकिने समेत उल्लेख गर्नुभएको थियो ।
काठमाडौं –३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा ९९ वटा शाखा तथा ४५ वटा ATM मार्फत गा्रहकहरुलाई आफनो सेवाहरु प्रदानगर्दै आएको छ । साथै बैंकले ABBS, Internet Banking, Mobile Banking, C-ASBA माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्ष आफ्ना सेवाहरु थ्प गर्दै जाने बैंकको योजना रहेको जनाएको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend