logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

राजनीतिलाई सेवा गर्ने वातावरण बनाउनु पर्छ


  • जन आकाश
  • शनिबार, असोज ४ २०७६

संसारमा राजनीति नामबाट दिनहुँ विभिन्न खालका समस्या निम्तिरहेका हुन्छन् । विकसित भइसकेका राष्ट्रहरुमासमेत त्यसको प्रभाव देखिन्छ । चाहे त्यो चीनको सि.जिन.पिङले आफ्नो शासन जोगाउन भ्रष्टाचार निर्मुलको नाममा गरेको कडा कारवाहीले माओत्सेतुङको कमाण्डमा काम गरेका योद्धा तर अहिले बृद्धा भएका कमाण्डरहरुलाई समेत मृत्युदण्ड दिएर चर्चामा छन् । त्यो बाहिर जसरी भ्रष्टाचारको आरोपको चर्चामा आएको छ । तर वास्तविकता चीनको कम्युनिष्ट पार्टी भित्र दुईलान संघर्ष आत्मसात गर्न नसकेको नेपालका कम्युनिष्ट आनदोलन हाँकेका र आज बृद्ध भइसकेका माओत्सेतुङका चीनको जनयुद्ध अध्ययन गरेका विज्ञहरुले बताइरहेका छन् । त्यस्तै विश्वको चर्चित अर्को राष्ट्र अमेरिका जुन देशमा राष्ट्रपति डोनाल्ड ट्रम्प बनेपछि त्यहाँको विपक्षीले राष्ट्रपतिको हरेक कार्यक्रमलाई असहयोग गरेर विरोध जनाइराख्दा पनि आफ्नो नीति कार्यक्रम निरन्तर रुपमा अगाडि बढाइरहेको देखिन्छ । बेलायतका प्रधानमन्त्री बेरित जोन्सनले गरेका निर्णयहरु यतिबेला फेल भइराखेका छन् र उनले गरेका निर्णयहरु विपक्षी दल र आफ्नै पार्टीका पक्षले समेत अवैधानिक र असहयोग गरेपछि संकटको भूमरीमा फसिरहेका छन् । यी त भए विकसित र शक्तिशाली राष्ट्रहरुको कुरा । राजनीतिमा आफ्नो स्वार्थपूर्ति गर्न पनि राजनीतिक समस्या उत्पन्न गरिन्छ र त्यसको असर सिंगो देशलाई जनतालाई पर्नेगर्छ । सँगसँगै त्यसको सिको गर्दै प्रत्यक्ष अप्रत्यक्ष बिश्वका राष्ट्र र जनतालाई समेत प्रभाव पार्छ । कतिपय राष्ट्रमा राजनीतिक समस्या आयो भने अर्को समाधान खोजिन्छ र त्यो समाधान पछि विकास भएका राष्ट्रहरु पनि छन् ।
यी माथि उल्लेख गरिएका राष्ट्रहरु बिकसित भइसकेका र उनीहरुलाई खासै उनीहरुको काम गराइले असर नपार्ला किनकी उनीहरुको चेत, प्रविधि, त्यसै स्तरको विकास भइसकेको छ । तर त्यसको असर अल्पविकसित राष्ट्रहरुको सोच, मानवीय चेतना, प्रविधिको विकास राम्रो नभइरहेका अवस्थामा तानाशाही प्रबृत्ति, काम गराइका सवालमा अवरोध र को व्यक्ति देशको प्रधानमन्त्री बन्ने भन्ने सोचका साथ देशमा समस्या उत्पन्न भयो भने त्यसको असरले कुनै पनि अल्पविकसित राष्ट्रको उन्नति हुँदैन ।
त्यस्तै राष्ट्रको हाम्रो देश नेपाल पनि पर्ने गरेको छ । राजनीति गर्नेहरुले सेवा गरेर सामाजिक काम गरेर मात्र राष्ट्र सेवा गर्न पाउनु पर्ने नियम हुनुपर्ने थियो । तर नेपालको सन्दर्भमा हुलहुज्जत, टिक्याँस, निर्वाचनका बेला टिकट किनबेच गरेर भ्रष्टाचारी, दलाल, ठेकेदार जसले समाज विकासको रकम अनियमितता गरेर अकुत सम्पत्ति कमाएकाहरुले मात्र चुनाव जिते । अर्को पक्ष काम गरिखाने विहान ६ बजे उठेर बेलुका आँखा देखुनजेलसम्म मेहनत गर्ने पौखरीले जीवन धान्न समेत धौ–धौ छ । तर राजनीति नामबाट नेता बनेका मानिसहरुको व्यक्तिगत सम्पत्ति अथाहा छ । यो चलनको पूर्ण विराम लगाउनलाई अव उप्रान्त नेपालको राजनीतिलाई राष्ट्रसेवा, समाजसेवा गरेको प्रमाणित आधार भएकाहरुले मात्र राजनीति गर्ने वातावरण बनाउनुपर्छ तव मात्र देशको भौतिक पूर्वाधारको विकास, कृषिमा आधुनिकीकरण, पर्यटनको प्रचुर विकास, जलविद्युतको समयमा निर्माण र उत्पादित विजुली समुचित वितरण त्यही समुचित वितरण विद्युतबाट उद्योगीहरु आकर्षित भई ठुला ठुला उद्योगहरुको स्थापना ठुलाठुला उद्योगहरुको स्थापनासँगै हजारौं हजार नेपालीहरुले रोजगार प्राप्त गर्छन् । सबैले रोजगार र आर्थिक उन्नति गरेपछि सभ्य समाजको निर्माण हुन्छ सभ्य समाज निर्माण भएपछि उत्कृष्ठ विचारको प्रतिस्पर्धा हुन्छ । राजनीतिलाई राष्ट्र सेवा गर्ने वातावरण बनाउने नीति निर्माण ग¥यो भने नेपाललाई स्वर्गजस्तै विकास गर्न सकिन्छ त्यो वातावरण बनाइयोस् ।



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend