logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

राज्य प्रणालीमाथिको वितृष्णा


  • जन आकाश
  • शनिबार, असोज ४ २०७६

मोहन पोखेल
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सांगठनिक विस्तारले गति लिएको जस्तो देखिएपनि भित्रभित्र यस पार्टीभित्र भुसको आगो सल्किरहेको छ । कतिपय जिल्ला, प्रदेश, क्षेत्रीय र स्थानीय तहमा पूर्व एमाले र पूर्व माओवादकिो भागवण्डा नमिल्दा पार्टीका कार्यकर्ताहरुमा तनावको स्थिति छ । भावनात्मक एकता नबन्दा यी दुबै खेमाका कार्यकर्ता तथा नेतृत्व तहमा खैलाबैला मच्चिनु स्वभाविकै हो । यस्तो प्रबृत्तिले पार्टीको भावी राजनीतिले कस्तो मोड लिन्छ र सरकारको भावी अवस्था कस्तो रहन्छ, यस बारेमा गम्भीर विश्लेषण गर्न जरुरी छ र मुलुकको राजनीतिक प्रणाली माथि यसको प्रत्यक्ष र अप्रत्यक्ष प्रभाव कस्तो पर्दैजाला त्यतातर्फ राजनीतिक नेतृत्व वर्गले सोच्ने बेला आएको छ ।
हाम्रो देशमा भ्रष्टाचारले सिमा नाघेको छ । विकासको गती सूक्ष्म गतिमा भएको छ । सरकारको नेतृत्व तह र पार्टीको नेतृत्व तहमा बस्ने भ्रष्टाचारमा लिप्त छन् । यसबारे दुईतिहाइको सरकार चुपचाप बस्दा मुलुकको पुरै राज्य संयन्त्र पंगु जस्तै भएको छ । कहिँकतै यस्तो घातक प्रबृत्तिको रोकथाम गर्ने उपायको खोजी गरिएको छैन । उल्टै हत्या, बलात्कार जस्ता जघन्य अपराधको श्रंखला बढेको छ ।
राज्यले भ्रष्टाचार, हत्या, बलात्कार जस्ता घटनाको निस्तेज नगर्ने अपराधीलाई कार्यवाहीको दायराभित्र नल्याउने आदी कारणबाट यो देशको लोकतन्त्र र गणतन्त्र माथि ठुलो संकत पर्दै गएको छ । उपलब्धी गुम्ने डरले नेताहरुमा छटपटि बढेको छ । यस्तै श्रृखंला अगाडि बढेकै बेला भ्रष्टाचारमा सून्य सहनशीलता अपनाउने उद्देश्यले भर्खरै प्रधान सेनापति पूर्ण चन्द्र थापाले सेनाको संगठन भित्र भइरहेका भ्रष्टाचारका बारे मुख खोलेका छन् ।
मुलुकको राज्य प्रणाली माथि वितृष्णा जागिरहेकै बेला प्रमुख राजनीतिक दलका नेता तथा दुईतिहाइको बलबाट बनेको सरकारमाथि सेनापति थापाको भ्रष्टाचार विरुद्धको कामकारवाहीबाट नैतिक दबाब बढेको छ । वडो कुटनीतिक हिसावले भ्रष्टाचारका विरुद्ध लामो वक्तव्य दिएका सेनापति थापाले मुलुकको विग्रदो राजनीपतक परिस्थितिको पनि घुमाउरो पाराबाट प्रमुख राजनीतिक दलका नेताको तोलो धोएका छन् । भ्रष्टाचारका लागि यस्तो कदमले सकारात्मक बाटो समाउने र मुलुकको आर्थिक विकास तर्फ लाग्ने प्रेरणा दिने ।
जनतामा वर्तमान राजनीतिक प्रणाली र यसले सिर्जना गरेका खराब कुकृत्यको विरुद्धको जनमत यसरी बढ्दै गएको छ भने अर्कोतर्फ भारत र चीन जस्ता दुई ठुला मुलुकका वीच रहेको हाम्रो जस्तो सानो मुलुकले कुटनीतिक चातुर्यता देखाउन नसक्दा यी दुबै छिमेकी मुलुक हामीसँग विस्तारै चिढिदै छन् । हाम्रो नेताले कुटनीतिक चरित्र राम्रोसँग प्रदर्शन गर्न सकेमा मात्र हाम्रो राज्य प्रणालीले ठिकसँग गति लिने थियो ।



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend