logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

कार्पाेरेट ब्याडमिन्टन टुर्नामेन्टमा कामना सेवाको जित


  • जन आकाश
  • बुधबार, असोज ८ २०७६

 



त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा आयोजित ‘अन्नपूर्ण पोष्ट कार्पाेरेट र एक्जिक्यूटिभ ओपन ब्याडमिन्टन टुर्नामेन्ट ’ मा कामना सेवा विकास बैंकले एकल र संयुक्त दुवैतर्पm जित हासिल गरेको छ । यहि असोज ६ देखि १२ सम्म सञ्चालन भएको उक्त प्रतियोगितामा एकल तर्पm कामना सेवा विकास बैंकका दीप शाखाका शाखा प्रमुख विशाल खड्का र संयुक्त तर्पm विशाल खड्का एवं विश्वास नेपालले जित हासिल गरे । प्रतियोगिताका हाल सम्मका ६ वटै संस्करणमा विजेता रहेका विशालले फाइनलमा ज्योति विकास बैंकका विकास महर्जनलाई २१–१२ र २१–१३ को सजिलो सेटमा पराजित गर्न सफल भए । विजेता कर्मचारीलाई कामना सेवा विकास बैंकले केन्द्रिय कार्यालय ज्ञानेश्वरमा बधाई सहित सम्मान गरेको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend