logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

अटो एभ प्रा.लि.को दशौ बार्षिक उत्सव सम्पन्न


  • जन आकाश
  • सोमबार, असोज १३ २०७६

सुजुकी गाडीको काठमाडौंका लागि पहिलो आधिकारिक सर्भिस सेन्टरको रुपमा स्थापित अटो एभ प्रालिले शनिबार दशौं वार्षिकोत्सव सम्पन्न भएको छ । सो अवसरमा आयोजित विशेष कार्यक्रममा लामो समयदेखि कार्यरत कर्मचारीका साथै विशिष्ट ग्राहकहरुलाई सम्मान गरिएका थियो ।
सो अवसरमा अटो एभलाई शुभकामना प्रदान गर्दै प्रमुख अतिथि नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका उपाध्यक्ष कृष्णप्रसाद दुलालले अटो एभको व्यवसाय देशभर व्यवसाय देशभर फैलियोस् भन्ने कामना गरका थिए । उनले अटोमोबाइल व्यवसायले प्रदान गर्ने राजस्वका कारण नै सरकार सञ्चालन गर्न सहज भएको बताउदै अटोमोबाइल व्यवसायीहरुलाई समेत राज्यले सम्मान गर्ने वातावरण बनाउनु पर्ने बताए ।
नेपाल अटो मेकानिक्स व्यवसायी संघका अध्यक्ष ठाकुरप्रसाद न्यौपाने, माउन्टेन स्पोर्ट्स फेडरेसनका अध्यक्ष गोविन्द भट्टराई, नाडाका सचिव अनुप बराल र अन्य विभिन्न महानुभावहरुले वार्षिकोत्सवको अवसरमा बधाई ज्ञापन गर्नुका साथै भविष्यमा समेत सफलताको शुभकामना प्रदान गरेका थिए ।
सुजुकी गाडीको आधिकारिक वितरक सीजी होल्डिङ्स अन्तर्गतको सीजी मोटोकर्पका आफ्टर सेल्स सर्भिसका डीजीएम श्याम श्रेष्ठले अटो एभमा हाल मासिक रुपमा औसत ४ सय गाडी सर्भिसिङ हुने गरेको बताउदै यसको सबै श्रेय अटो एभको व्यवस्थापन र कर्मचारीहरुलाई जाने बताए । अटो एभले ९१ प्रतिशत लक्ष्य हासिल गरेको जानकारी दिदै उनले यहाँ उपलब्ध ह्विल एलाइनमेन्ट, डाइग्नोस्टिक टुल्स देखि लिएर विभिन्न इक्विपमेन्ट मात्र नभएर दक्ष कर्मचारीकै कारण ग्राहकको मन जित्न सफल भएको धारणा ब्यक्त गरका थिए ।
अटो एभका म्यानेजिङ डाइरेक्टर मधुसूदन सिग्देलले ग्राहक र मेकानिक्सहरुको साथ सहयोगले नै दशौं वार्षिकोत्सव मनाउन सफल भएको बताउदै सबैलाई धन्यवाद दिएका थिए ।
अटो एभका डाइरेक्टर दीपेन्द्र डंगोलको स्वागत मन्तव्यबाट प्रारम्भ भएको कार्यक्रममा अटो एभमा लामो समय देखि कार्यरत टेक्निसियनका साथै मूल्यवान ग्राहकहरुलाई सम्मान गरिएको थियो ।
काठमाडौं महानगरपालिका वडा नम्बर ७ का अध्यक्ष शुद्धकुमार डंयोल र अटो एभका म्यानेजिङ डाइरेक्टर मधुसूदन सिग्देलले अनाथहरुको सेवाका लागि कार्यरत प्रणवानन्द आश्रमलाई २१ हजार १ रुपैयाँको चेक हस्तान्तरण गरे ।
मधुसूदन सिग्देल, दीपेन्द्र डंगोल र दीलिप सिग्देलको सहकार्यमा सुजुकीको आधिकारिक सर्भिस सेन्टरको रुपमा काठमाडौंको मित्रपार्कमा अटो एभको स्थापना २०६६ सालमा भएको कार्यक्रममा जानकारी दिएको थियो ।



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend