logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

बौद्धमार्गीहरु आन्दोलनमा

प्रहरी प्रशासनले दोशीलाइ कारवाही नगरेको आरोप


  • जन आकाश
  • बिहिबार, असोज १६ २०७६

१६ असोज
काठमाडौँ । बौधनाथमा भएको आक्रमणको विरोध गर्दै नेपालस्थित बौद्धमार्गीहरु आन्दोलनमा उत्रेका छन् । संसारका बौद्धमार्गी माथि नै आँच आउने गरी लामा गुरु, भक्तजन र विदेशी पाउनfहरुमाथि आक्रमण गरिएको भन्दै उनीहरुले घोर भत्सर्ना समेत गरेका छन् ।
यही असोज ११ गते विश्व सम्पदा सूचीमा रहेको काठमाडौँस्थित बौधनाथ स्तुपामा बौध तथा मेलम्ची ध्याङ गुठीसहित विभिन्न संघ संस्थाहरु आयोजित ‘चिरशान्ती पूजा’ चलिरहेको बेला एक समूले आक्रमण गरेको भन्दै बौद्धमार्गीहरुले आन्दोलित भएका हुन् । बौद्ध ध्याङ गुठीले काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गरेर उक्त घटनाको दोषीलाई कारवाहीको माग गरेको छ । गिरु रिन्पोछे भूपती ब्रज लामामाथि आक्रमण गरी घाइते बनाइनुको साथै शान्ति पूजा नै तोडफोड गरेको तर प्रहरी प्रशासनले दोषीमाथि कारवाही नगरेको भन्दै बौद्धमार्गीहरुले विरोध जनाएका छन् । उनीहरुले आक्रमणकारीले पूजा स्थलबाट समान लु6]/ nu]sf] भन्दै Ifतिपूर्तिको माग समेत गरेका छन् ।
पत्रकार सम्मेलनमा वितरण गरिएको प्रेस विज्ञप्तिमा क्षेत्र विकास समितिका अध्यक्ष चन्द्रमान लामा, तामाङ कल्याण गुठीका अध्यक्ष खड्गजित लामाको अगुवाईमा आएको समूले गाली गलौज गर्नुको साथै ढुंगा मुडा, रडले आक्रमण गर्नुको साथै एसीड प्रहार समेत गरिएको उल्ल्ेख गरिएको छ ।
“बौधनाथको ऐतिहासिक प्राङ्गणमा ११ गतेका दिन बौध तथा मेलम्ची घ्याङ गुठी एवं विभिन्न संघ संस्थाद्वारा आयोजित भव्य चिरशान्ती पूजामा केही बौधबास सिण्डिकेटधारी मान्छेहरुको हुलले नाgf y/L गाली गलौज ढुंगा मुडा, रड, एसिड प्रहार गर्दै क्षेत्र विकास समितिका अध्यक्ष चन्द्रमान लामा, तामाङ कल्याण गुठीका अध्यक्ष खड्गजीत लामासहितको समूहले हाम्रा लामा गुरु, देश विदेशबाट आएका पाहुना, भक्तजन संचारमाध्यम माथि आक्रमण गर्नुको साथै गुरु रिन्पोछे भूपति बज्र लामामाथि भौतिक आक्रमण गरी घाइते बनाइयो, शान्ति पूजा नै तोडफोड गरी राष्ट्र राष्ट्रियता र संसारका बौधमार्गीमाथि नै आँच आउने गरी घटाइएको घटनाप्रति घोर भत्सर्ना गर्दछौं । त्यस्ता अपरधा गर्ने व्यक्तिहरुलाई कारवाही गर्नुको साटो उल्टै प्रहरीले प्रोत्सान दिईएको छ, बौध प्रहरीको उक्त कार्यप्रति पनि आपत्ति जनाउँदै कारवाहीको माग गर्दछौं । घटनाका घाइतेको उपचार र लुटिएका समानको क्षतिपूर्ती सँगै घटनामा संलग्न व्यक्तिहरुलाई कारवाहीको माग गर्दछौं” विज्ञप्तिमा भनिएको छ ।
पत्रकार सम्मेलनमा बौद्धमार्गीहरुले घाइतेको उपचार, लुटिएको समानको क्षतिपूर्ती, विश्व शान्ति बौद्ध परिसरभित्र नारा जुलुस, गाली, गलौजजस्ता अवाञ्छनीय गतिविधि निषेध घोषणा गरिए, हजारौं वर्ष पुरानो इटा तथा छोकसिन प्राण प्रतिष्ठान रक्त चन्दनको काठ चोरी गरी बिक्री गरेकोले कारवाही गरियोस्, स्तुपाको उपल्लो माथिल्लो भागमा विदेशी चिनिया भिक्षुको मानव अस्तु हालिएको र चाडोभन्दा चाडो निकाल्नको लागि पहल गरियोस्, इतिहासलाई तोडमोड गर्ने गरी स्तुपा परिसरभित्र अनाधिकृत समेत राखेका छन् ।



बौध तथा मेलम्ची घ्याङ गुठीको आन्दोलनमा निरज गोले अध्यक्ष भएको ह्याङ्ला ह्युल्सा गुम्बासहित ३० संघ संस्थाहरुको सहभागीता रहेको छ । उनीहरुका प्रमुख तथा प्रतिनिधिहरुले विज्ञप्तिमा हस्ताक्षर समेत गरेका छन् ।
गुठीका सल्लाहकार मनिष गङ्वा लामाले कार्यक्रमलाइ सम्वोधन गदै भने आक्रमण गरेर संसारका बौद्धमार्गीहरुलाई लज्जित बनाएको बताएका छन् । उनले आक्रमणकारीलाई कडा कारवाही गर्नुपर्ने माग गरे ।
सरकारले असार ७ गते बौध तथा मेलम्ची घ्याङ गुठीका प्रमुख चिनिया लामा रिम्पोछे भूपति बज्र लामालाई नियुक्त गरेको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend