जन आकाश
रामेछाप
रामेछापको सदरमुकम मन्थलीमा आयोजित प्रथम रामेछाप कप शान्ति दिप फुटबल प्रत्योगिता मन्थली युनाईटेडले बाजि मारेको छ । गएको १५ गते भएको फाईनल खेलमा मन्थली युनाईटेड र एबिसि मन्थलीबिचको खेलमा दुबै टिमले निर्धारीत समयमा दुइ दुइ गोलको बराबरी खेलेका थिए । निर्धारित समयमा बराबरी भएपछि ट्राईबेकरमा युनाईटेड्ले गोल गरेपछि उस्ले १ लाख ५० हजारको प्रथम पुरस्कार सहित सिल्ड मेडल र प्रमाणपत्र हात पारेको हो ।
त्यस्तै एबिसि मन्थलीले द्वितिय स्थान हाँसिल गर्दै १ लाख सहित सिल्ड मेडल र प्रमाणपत्र हात पारेको छ ।
त्यस्तै सेमिफाइनलमा पुगेका दुबैटीम हाटेचौरको सांस्कृतिक युवा समाज र कुनौरी न्यु स्टार कल्ब तृतिय स्थान सहित तृतिय पुरस्कार बाँडेका छन् ।
खेलमा उत्कृष्ट खेलाडी मन्थली युनाईटेडका गेली शेर्पा, उद्यमान खेलाडी तिलक सुनुवार, उत्कृष्ट गोल रक्षक कृष्णा बुढाथोकी, सार्वाधीक गोल कर्ता मनोज श्रेष्ठ भएका छन् । उनीहरुले ५ हजार सिल मेडल र प्रमाण पत्र प्रप्ता गरेका छन् ।
अखिल नेपाल फुटबल सघ एन्फाका उपाअध्यक्ष शिक्षीत पराजुलीको प्रमुख अतिथ्येतामा सम्पन्न खेलमा रामेछाप जिल्लाभित्रका १५ टिमको सहभागिता रहेको थियो ।
खेल प्रतियोगितामा बोल्दै एन्फाका उपाअध्यक्ष शिक्षीत पराजुलीले रामेछापमा भएका खेल प्रेमी खेलाडी र याँहाको खेल क्षेत्रको विकासको लागि आफु सदैब तयार रहेको प्रतिबद्धता जनाउनुभयो । उहाँले जिल्लामा एन्फाको संघगठन नभएकाले छिट्टैनै गठन गरिने प्रतिबद्धता ब्यक्ता गर्नुभयो ।
नयाँ खेलाडी उत्पादन गर्ने, वडादशैको शुभकामना आदान प्रदान गर्ने उद्श्ये खेल आयोजना गरेको शान्ति दिप युवा कल्बका अध्यक्ष गिरेन्द्र श्रेष्ठले बताउनु भयो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend