logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

नेपालले नेदरल्यान्ड्सलाइ जित्यो

विजया दशमीको अवसरमा एउटा खुशी थपियो


  • जन आकाश
  • सोमबार, असोज २० २०७६

 



२० असोज, काठमाडौं ।आज भएको खेलमा नेपालले नेदरल्याड्सलाइ जितेको छ नेपालको जित निकाल्न करण केसीको उत्कृष्ट प्रदर्शनसँगै नेपालले नेदरल्याड्सविरुद्ध सनसनीपूर्ण जित हासिल गरेको छ । ब्याटिङ र बलिङ दुवैमा करण चम्किँदा नेदरल्यान्ड्स ४ विकेटले स्तब्ध बनेको हो ।
टस जितेर पहिले बलिङ रोजेको नेपालले नेदरल्यान्ड्सलाई एक सय ३३ रनमा समेटेको थियो । १ सय ३४ रनको सामान्य लक्ष्य भेट्टाउन नेपाललाई निकै संघर्ष गर्नुपर्‍यो । अन्तिम ओभरमा १७ रन चाहिएको अवस्थामा करणले छक्का र चौकाको वर्षा गरेका थिए । केवल १४ बलमा तीन छक्का र एक चौका प्रहार गरेका उनी ३१ रनमा अविजित रहे । यो जित सँगै नेपालमा विजया दशमी मनाइरहेको अवसरमा देशको लागि अर्को खुशी थपिएको हो।
अन्तिम ओभरको पहिलो बलमा छक्का प्रहार गरेका करणले दोस्रो बल डट खेले । तेस्रो बलमा उनले चौका निकाले भने चौंथो बलमा फेरि छक्का हान्दै स्कोर बराबरीमा ल्याएका थिए । पाँचौं बलमा उनले एक रन लिँदै नेपाललाई जित दिलाए ।
नेपालका लागि कप्तान पारस खड्काले सर्वाधिक ३३ रन बनाए पनि उनको आक्रामक रवैया आज देखिएन । उनले ४१ बलको खपत गर्दै एक छक्का र एक चौका हिर्काएका थिए ।
अन्य ब्याट्सम्यानहरुले पनि क्रिजमा निकै संघर्ष गरेका थिए । विनोद भण्डारीले २२ बलमा २६ रन बनाउँदै नेपालको स्कोर उकास्न मद्दत गरे ।
यसअघि बलिङमा पनि करणको उत्कृष्ट प्रदर्शन रह्यो । उनले ३।३ ओभरमा १७ रन मात्र खर्चेर चार विकेट लिन सफल भए । करणलाई सन्दीप लामिछानेले बलियो साथ दिए । सन्दीपले ४ ओभरमा २० रन खर्चेर चार विकेट नै लिए ।
नेपाली बलरहरुविरुद्ध नेदरल्यान्ड्सका कुनै पनि ब्याट्सम्यानले खुलेर खेल्न सकेनन् र, १९।३ ओभरमा सबै विकेट गुमाएर १३३ रन बनायो । पहिलो विकेट सस्तैमा गुमाएको उसका म्याक्स ओ’डाउडले स्टोनिओ स्टल र कोलिन एकरम्यानसँग मिलेर पारी सम्हाले ।
दोस्रो विकेटका लागि स्टलसँग ४१ रनको साझेदारी गरेका ओ’डाउडले तेस्रो विकेटका लागि एकरम्यानसँग ४७ रनको साझेदारी गरे । तेस्रो विकेटका रुपमा एकरम्यान आउट हुँदा नेदरल्याड्सको स्कोर ९७ रन थियो ।
तर थप ३६ जोड्दा सबै विकेट गुमायो । ओ’डाउडले ४३ रन बनाए । एकरम्यानले २९ र स्टलले २१ रन बनाए ।नेपालको तुलनामा नेदरल्याड खेलमा निक्कै कमजोर रहेको देखिन्थ्यो

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend