logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

महालक्ष्मी विकास बैँकले १७.८९ प्रतिशत लाभांश दिने घोषणा गर्यो


  • जन आकाश
  • शुक्रबार, असोज २४ २०७६

काठमाडौ



महालक्ष्मी विकास बैंक लि.ले गत आर्थिक वर्ष २०७५÷७६ को नेपाल फाइनान्सियल रिपोर्टिङ स्ट्यान्डर्ड (एन.एफ.आर.एस) अनुसार वासलात तयार पारेको छ । सोही विवरण अनुरुप यस संस्थाको संचालक समितिको मिति २०७६÷०६÷१६ गते बसेको बैठकले संस्थाको आर्थिक वर्ष २०७५÷०७६ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई ९.८९∞ नगद लाभांश र ८∞ का दरले बोनस सेयर वितरण गर्ने निर्णय गरेको छ । उक्त नगद लाभांश र बोनस सेयर नेपाल राष्ट्र बैंकबाट स्वीकृत भइ साधारण सभाबाट पारित गरे पश्चात् वितरण गर्ने जनाएको छ ।
देशका शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा १०२ वटा शाखा तथा ३५ वटा एटिएमहरुमार्फत सेवा प्रदान गरिरहेको महालक्ष्मी विकास बैंक लि. को ग्राहक संख्या ५ लाख भन्दा बढी रहेको छ । महालक्ष्मी विकास बैंक लि. को चुक्ता पुँजी रु. २ अर्ब ८४ करोड रहको छ भने बैंकले हालसम्म करिब रु. ३२ अर्ब ५६ करोड निक्षेप संकलन गरी रु. २८ अर्ब ४८ करोड कर्जा प्रवाह गरेको छ भनि उल्लेख गरेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend