जन आकाश
नेपालीहरुको महान पर्व विजया दशमी मनाएर काठमाडौं फर्कदै गरेको बस दुर्घटना हुँदा ११ जनाको घटनास्थलमै मृत्यु भएको छ भने ५० भन्दा बढी घाइते भएर विभिन्न अस्पतालहरुमा उपचार गराइरहेका छन् । त्यस्तै अहिले दशैं सकेर काठमाडौं फर्कने क्रममा विभिन्न ठाउँमा दुर्घटनाहरु छिटपुट भइनै रहेका छन् भने २०७६ सालको विजयादशमी छेकामा भएको सबै भन्दा ठुलो दुर्घटना सिन्धुपाल्चोकको हो जुन दुर्घटना सुन्दा नै आङ सिरिङ गर्ने खालको छ ।
नेपालको मूख्य चाड विजयादशमी र तिहारको मुखमा नेपालीहरु बढी यात्रा गर्ने गर्छन् त्यही समयमा यातायातको कमी हुनु, भएका यातायातहरुले रिजर्भको नाममा डबल, तेब्बर भाडा असुल्नु रुटमा चल्ने बस, जीपहरुको संख्या कम हुनु । त्यसमा पनि ग्रामीण क्षेत्रका सडकहरु कच्ची हुनु जस्ता कारणहरुले गर्दा दुर्घटना हुने गरेको तथ्यांकले देखाउँछ । त्यस्तै मध्येको दुर्घटना हो सिन्धुपाल्चोकको दुर्घटना पनि जुन बसमा झण्डै ६० जना भन्दा माथि यात्रुहरु रहेका थिए भनेर भनिएको छ ।
दुर्घटना सवारी चालक र यातायात व्यवसायीका कारणले मात्र हुने जस्तो गरी हल्ला फिजाइन्छ त्यस्ता दुर्घटना हुन नदिन सबैभन्दा पहिलो प्रयास जवाफदेही निकायको हुनुपर्छ । त्यसमा सडक वैज्ञानिक ढंगबाट बनाइसकेपछिमात्र त्यस क्षेत्रमा कुनस्तरका यातायात सञ्चालन गर्ने यातायात व्यवसायीले सेवा दिन सक्ने मापदण्ड तोक्ने गर्नुपर्छ र यस्ता मुख्य चाडपर्वको अगावै सडकहरु विग्रेका भत्केका छन् भने स्तरउन्नति गरेर यातायातको साधन सहज ढंगबाट सञ्चालन गर्ने गरी बनाइदिनुपर्छ । दोश्रोमा यात्रुहरु पनि सचेत हुनुपर्छ । जबकी यात्रा गर्दा सिट नभएको अवस्थामा सानासाना नानी बोकेर, पोका, सामान यातायातमा हालेर यात्रा गर्नु हुँदैन भने अर्को रिजर्वको नाममा लिइने महँगो भाडा पनि तिर्नुहुँदैन किनकी रिजर्भको नाममा रुटमा चल्ने गाडीहरु अन्यत्र जाँदा साविक चल्ने गाडी घट्ने र मानिसको चाप बढ्ने बेलामा रुटमा गाडी घट्छ । अर्को यात्रुहरुले नै रिजर्भको नाममा बढी भाडा तिर्न उक्साएपछि सर्वसाधारण जो डब्बल, तेब्बर भाडा तिर्न नसकेकाहरु रुटमा चल्ने गाडी मात्र विकल्प हुन्छ त्यसैमा जर्वजस्ती यात्रा गर्दा दुर्घटना भएको देखिन्छ ।
तेश्रोमा व्यवसायीहरुले जुन रुटमा सेवा दिन्छु भनेर परमिट लिएको छ उसले मूख्य चाडवाडहरुमा अन्यत्र सवारीसाधन नपठाई आफ्नो रुटमा नै चलाउनुपर्छ भने यस्ता पर्वहरुमा सकेसम्म आफै पनि खटेर सेवा दिन पछि पर्नु हुँदैन अर्को चालक सहचालकहरु दशैंको बेला दिनभरी काठमाडौंबाटा यात्रु बोकेर जाने, यात्रु पु¥याएर तुरुन्तै फर्किहाल्ने र रातको समयमा काठमाडौं आएर फेरी दिउँसो यात्रु ओसार्ने काम गरेको साथै फर्किदा पनि त्यसै गरेको देखियो सेवा दिने उद्देश्यले ठिकै हो तर चालक एउटा मात्र हुँदा उसको शारीरिक रुपमा थकानले निदाउने, आलस्य हुँदा दुर्घटना हुन सक्छ त्यसकारण दशैंको बेला डब्बल चालक राखेर सवारी चलाई यात्रुलाई सेवा दिनुपर्छ ।
यी सबै काम भएका छन्की छैनन् भनेर यातायात व्यवस्था विभागले नेपाल प्रहरी, सेना, सशस्त्र परिचालन गरेर यातायात व्यवस्था विभाग आफैले पनि अन्य बेलाभन्दा स्वयंसेवक परिचालन गरी मुख्य चाडवाडमा हुने दुर्घटनालाई कम गराउन सकिन्छ । यसरी यातायात क्षेत्रमा सुधार गरेर सिन्धुपाल्चोकजस्तो दुर्घटना अव कतै नहोस् भनि कामना गर्नुपर्छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend