जन आकाश
काठमाडौं, १३ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओली आज एक्कासी बिरामी पर्नुभएको छ । उहालाइ आज बिहानै धापासीस्थित ग्राण्डी इन्टरनेशनल अस्पताल पु¥याएको थियो ।
त्याहा पु¥याए पश्चात चेकजाँच गरी चिकित्सकले ओलीलाई आइसियुमा भर्ना गरेको बालुवाटार स्रोतले जनाएको छ। ओलीलाई टाउको दुख्ने र ज्वरो आउने समस्या देखिएको छ।
यद्यपि प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले नियमित चेकजाँचका लागि प्रधानमन्त्री अस्पताल गएको र अवस्था सामान्य रहेको दाबी गरेका छन् ।
प्रधानमन्त्री ओलीको ११ वर्ष अगाडि २०६४ सालमा भारतको अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो।
त्यसपछि पटक पटक ओलि सिंगापुरमा उपचार गराउदै आउनु भएको छ । भने थाइल्याण्डमा समेत उपचार गराएका ओलिको बिषयमा देशमा निक्कै गम्भिर रुपमा राजनीतिक बहस समेत हुने गरेको छ । यस अवस्थाले झनै डबल नेकपामा दुइवटा अध्यक्ष भएको पार्टीमा राजनीतिक जोडघटाउ नहोला भन्न सकिदैन । हाम्रो जनआकाश मिडियाको तर्फवाट प्रधानमन्त्रीको सुस्वास्थ्यको कामना गर्दछौं ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend