जन आकाश
नेपालका प्रधानमन्त्री खडक प्रसाद ओली (केपी ) यतिवेला मनमोहन सेन्टरमा उपचाररत हुनुहुन्छ यतिवेला देशमा उपनिर्वाचन हुदैछ अर्कोतर्फ छिमेकी भारतले नेपालको भूमिमा भारतीय सेनात ६ दशकदेखि राख्दै आएको थियो अहिले त्यो भुभाग नै भारतीय नक्सामा समेटेर प्रकाशन गरेको छ । यो घढीमा सवै नेपालीहरु एक हुनुपर्ने अवस्था हुदै हो । त्यसमा पनि राष्ट्रको नेतृत्व अडान लिन सक्ने र राष्ट्रको लागि सवै नेपालीलाइ एक ढिक्का बनाउने बाताबरण सृर्जना गर्न गराउन नेतृत्वदायी भुमिका सरकारले नै गर्नुपर्छ । यो घढीमा देशको कार्यकारी प्रमुख अस्वास्थ हुनु भनेको नेपालको लागि राम्रो बिषय होइन ।
देशमा स्थाइ सरकार नहुदा नेपालीहरुले बिगतमा ब्यहोर्नु परेको थुप्रै समस्याहरुको बारेमा सबै नेपालीहरु जानकार छौ । साथसाथै देशमा शान्ति अमना,चयन भएमा राष्ट्रले गति लिन्छ भन्ने कुरा अन्य उल्लेखिय प्रगति नभए पनि नेकपा माओवादी द्धन्द्ध अन्त्य भएर शान्ति स्थापना भएपछिको १२ बर्षामा पार्किएकोे नेपालीहरुको खुसी र शान्ति स्थापना पछिको १४ बर्र्षमा नेपालीहरुले बिस्तारै बिकाशमा बामे सर्दै गरेको अवस्था छ । यो अवस्थामा प्रधानमन्त्री बिरामी हुनु भारतले सीमा नक्सा मिचेर सार्वजानिक गर्नु नेपालीहरुको लागि निक्कै अप्ठ्यारो अवस्था हो । तर कहिल्यै पनि नेपालीहरु त्यो मानवीयता संवेदना भुल्दैनान् । अरुबेला राजनीतिक पार्टी आस्था फरक भएपनि राष्ट्रलाइ आवाश्यक पर्दा सबै एक हुन्छन् बिगतका हाम्रा पुर्खाले सिकाएको इतिहास पनि त्यही हो । वर्तमानमा पनि त्यही छ । त्यसैगरी प्रधानमन्त्री उपचार कक्षमा नेपालका धेरै जति नेताहरु पुगिसक्नु भएको छ । सवैले देशका प्रधानमन्त्रीको स्वास्थ्य लाभका कामना गर्नुभएको छ ।
उता भारतले नेपालको राष्ट्रिय अस्तित्व माथि नै धावा बोले पनि नेपालमा थुप्रै भारतीयहरु नेपालमा बसोबास गरिरहेका छन् ति बिपन्न भारतीय नागरिकहरुलाइ हामी नेपालीहरुले लखेटेका छैनौ अमानवीय ब्यबहार गरेका छैनौ यति चै भन्न थालेका छौ भारत अब नेपालको लागि शत्रु छिमेकीको रुपमा आएको छ । त्यसैले बिस्तारै जो जो भारतीय नागरिकहरु नेपालमा ब्यापार, ब्यवसाय, गरिरहनु भएको छ । तपाइहरु आफ्नो ब्यवस्थापन गर्न लाग्नु होला भनिरहेका छौ । भारतले जस्तो नेपालका नेपालीहरु भारतमा बसिरहेकाहरु माथि गर्न थालेको अमानवीय ब्यवहार हामिले गरेका छैनौ हामी नेपालीहरु त मित्रहरुलाइ अत्यन्तै सत्कार र्गछौ । तर आफ्नो देशको रक्षा गर्न सवै नेपाली नेपाली सेना बनेर सीमाना रक्षा गर्न तयार हुदैछौ त्यतिबेला युद्धले निम्त्याएको आगोमा बिभत्स लासहरुमा हाम्रो नेपालमाथि भएको हस्तक्षेप अतिक्रमणवाट मुतm गरेर नेपालको चन्द्र सुर्य झण्डा लिपुलेक कालापानीमा त फराउने नै छौ हाम्रा बिरपुखले संरक्षित गरी राखेको इतिहास पुणः बिउझाउन हामी आतुर छौ त्यतिवेला हुने बैरीको सिर छेदन गर्दा भने हामीले अमानवीय मानवीय सम्झने छैनौ । ति हाम्रा लागि केबल बैरी मात्र हुनेछन् ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend