जन आकाश
१३ औं दक्षिण एसियाली खेलकुद साग यही मंसीर १५ गतेबाट काठमाडौंमा शुरु हुँदैछ । यो नेपालीहरुको लागि गौरवको विषय हो ।
नेपालले नै पहिलो पटक आयोजना गरेको साग रोटेसनमा अहिले तेस्रो चोटि आयोजना हुदैछ । खेलकुद पुनः नेपालले आयोजना गर्ने अवसर प्राप्त गरेको छ । यतिबेला सातवटै राष्ट्रमा खेलाडीहरु आफ्नो कला कौशल देखाउन आतुर छन् भने आफ्नो राष्ट्रको प्रतिष्ठा बनाउन राष्ट्र–राष्ट्रहरु नै यतिबेला खेलाडीहरुको व्यवस्थापनमा सक्रिय छन् ।
नेपाल त आयोजक राष्ट्र नै भएको र २०७२ को महाभूकम्पले ध्वस्त बनाएको नेपालमा खेलकुदका भवन र संरचनाहरु ४ वर्षको निरन्तर मेहनत पछि बल्ल अलिअलि पुनः संरचना निर्माण सम्पन्न भएका छन् । पूर्णरुपमा संरचना बनि नसकेका हुनाले केही खेलकुद भने ४ नं. प्रदेशको कास्की जिल्लाको पर्यटकीयनगरी पोखरामा हुँदैछन् ।
केही समय अगाडि मात्र निर्माण सम्पन्न भएको दशरथ रंगशालामा फुटबल खेल हुनेछ जहाँ दर्शकहरुको उपस्थितिले भरिभराउ हुने अनुमान लगाउँदै आयोजकले व्यवस्थापन राम्रो बनाएको छ ।
अन्तर्राष्ट्रियस्तरको खेलकुद नेपालले आयोजना गर्न पाउनु सबै नेपालीको प्रतिष्ठाको विषय हो । यस अवसरलाई अन्तर्राष्ट्रिय स्तरमा नेपालीहरुको सांस्कृतिक प्राकृतिक विविधतलाई चिनारी गराउने माध्यम बनाउन सक्छौ नेपालीहरु सभ्य र अनुशासित सबैको एकता पनि बलियो रहेछ भन्ने सन्देश खेलकुदको आयोजना, खेल्दा गरिने प्रदर्शन र नेपालीहरुको पहिचान झल्कने गरी प्रदर्शन गरेर यी महत्वपूर्ण विषयहरुलाई यो अन्तर्राष्ट्रियस्तरको साग खेलकुद सरकारको मात्र नभएर सबै खेलप्रेमी देशवासी नेपालीहरुको पनि भएको हुनाले १३औं साग खेलकुदलाई भव्य बनाउन सबै लाग्नुपर्छ ।
साथै नेपालले २०२० लाई पर्यटन वर्ष घोषणा गरेको छ । खेलकुदको माध्यमबाट प्रचार प्रसार गरी खेलकुद पर्यटन समेत भित्र्याउन १३
औं साग माध्यम बन्न सक्छ । सबैले मिलेर यो काम गर्नुपर्छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend