logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

फुटवेयर जोन चाँडै सम्पन्न हुन्छ नविन कुमर श्रेष्ठ निवर्तवान अध्यक्ष फुटवेर


  • जन आकाश
  • शुक्रबार, मंसिर १३ २०७६

फुटवेयर म्यानुफ्याक्चर्स एशोसिएशन अफ नेपालको १८औं बार्षिक साधारणसभा धुलिखेलको हिमालय होराइजन होटलमा सम्पन्न भएको थियो । उक्त अवसरमा फुटवेयर म्यानुफ्याक्चर्स एशोसिएशन अफ नेपालका निवर्तमान अध्यक्ष तथा उद्योग बाणिज्य महासंघका वस्तुगत तर्फका केन्द्रीय सदस्य रविन कुमार श्रेष्ठसँग हामीले कुराकानी गरेका थियौं । उहाँको भनाई यहाँ प्रस्तुत गरेका छौं ।
० अहिले फुटवेयरको अवस्था कस्तो छ ?
जुत्ताको क्षेत्रमा अहिले नेपाली प्रडक्टहरुको भविष्य राम्रो छ । तर भविष्यसँगसँगै चुनौती धेरै छन् । अवसरसँग चुनौती आउनु स्वभाविकै हो । समग्रमा भविष्य राम्रो छ ।
० नेपाल सरकारकै सक्रियता र तपाइको अध्यक्षताकै कार्यकालमा फुटवेयर जोन निर्माण गर्ने पहल भएको थियो मैले यो भन्दा झण्डै २ वर्ष अगाडि पनि फुटवेयर जोन कहिले बन्छ भनेर सोधेको थिएँ ?
हिजोको दिनमा सरकारसँग समेत समस्या थियो । कन्भिन्स गर्नलाई मेरै पालामा सरकारलाई कन्भिन्स गरेर फुटवेयर जोन निर्माण गर्न पहल गरेको थिएँ । सरकार सहमत भए पछि उद्योगी व्यवसायीले जग्गा खोज्ने र सरकारले पूर्वाधार निर्माण गरिदिने योजना अगाडि बढेको छ । यति बेला जग्गा लिँदा ठुलो एरिया भएको हुनाले चुनौतीहरुसँग हामी फेस गरिररहेका छौं अहिले एशोसिएशनले यसको जिम्मा पनि मलाई नै दिएको छ । यो लगभग अन्तिम अन्तिम चरणमा पुगिसकेको छ । नेपाल सरकराले पनि उद्योग मन्त्रालय लगायत स्थानीय सरकारसम्म बजेट छुट्याइसकेको छ । यी प्रारम्भिक कामहरु सकेर हामी चाँडै फुटवेयर जोन बनाउँछौं ।
० हिजो तपाइहरुको उद्घाटन शत्रमा कुराहरु उठेका थिए । जुत्ता उत्पादक उद्योगहरुले उत्पादन गरेका जुत्ताहरुको लागि समस्या आएको छ । एउटा नामै चलेको उद्योगले त एकहजार कामदार कटौती गर्नु परेको भन्ने धारणा राखेका थिए माथि तपाइले अवसर र चुनौती भन्नु भएको थियो त्यो चुनौती के हो ?
जुन कम्पनीको तपाईले नाम लिनुभयो उहाँको कम्पनी हिजो नेपालमा ठुलो उद्योगको रुपमा थियो आज पनि छ । त्यो उहाँले किन एकहजार कामदार कटौती गर्नुपर्यो भनेर कारण पनि भन्नु भएको होला त्यो विषयमा उहाँको धेरै जति इन्डियामा निर्यात हुन्छ । इन्डियाले गरेको नाकाबन्दीको बेला उहाँले त्यो सामान निर्यात गर्न नपाएपछि त्यो भ्याकुम यहाँको लोकल इन्ड्रष्टिजले खाइदिने भएको कारणले उहाँको त्यो समस्या भएको हो । तथापि नेपाली मार्केटमा ¥यापिटली मार्केट गरिराख्नु भएको छ । अहिले हजारजना कामदार निकाले पनि सर्टेन टाइममा फुलफिल गर्न सक्नुहुन्छ त्यो एउटा कुरा हो । अर्को हाम्रा उत्पादनहरु अब लक्जरी निडमा होइन बेसिक निडमा गइसक्यो अर्कोतर्फ हिजो हुने खाने वर्गले मात्र जुत्ता लगाउँथे भने आज गाउँगाउँमा सबैले लगाउँछन् त्यसमा पनि आज ६०–७० लाख युवाहरु विदेश गएका छन् । उनीहरु पनि त हाम्रा ग्राहक हुन् । त्यसकारण मार्केटमा पनि ठुला उद्योगहरु प्रतिस्पर्धामा आएका छन् । अर्को अवसरका रुपमा नेपाल सरकारले पोटेक्शनको रुपमा त भनि नहालौं स्वदेशी उद्योगको लागि भनेर दुईचारवटा नीति नियम ल्याएका छन् । जुत्ताको सन्दर्भमा विदेशबाट आउने आयातित वस्तुमा १० प्रतिशत भन्सारदर बढाइदिएको छ । त्यसकारण त्यो महँगो पर्न गयो । हाम्रो एशोसिएशनले बारम्बार उठाइरहेको कुरा चोरी पैठारी यसमा सरकारले अलिकति कान ठाडो पारेर हेरेको र जुन ढंगले विगतमा ठेक्का प्रथाबाट चोरी पैठारी भएर आएका वस्तुले असर गथ्र्यो त्यो छैन । अहिले आयात र निर्यातको डाटा हेर्नुहुन्छ भने भोलुमको हिसावमा घटेको छ । प्राइजको हिसाबमा बढेको छ । अर्को म्यानुफ्याक्चरिङ्गमा सेल गरी आएका छन् अर्को चाइनामा अहिले जुत्ता सम्बन्धी डाइभर्ट गर्दे लगेको अवस्था छ । जस्तै भियतनाम, कम्बोडिया, चाइनिजहरु आएर हाम्रो अपेक्षा यहाँको इन्डिपेनरहरुसँग हातेमालो गरेर इन्डिया मार्केटलाई तारगेट गर्यो भने त्यो हबले पनि काम गर्छ । नेपालको लागि यो पनि अवसरको रुपमा हुने सम्भावना छ । त्यो कति सम्म हुने हो त्यो बेग्लै कुरा हो ।
० नेपालका उद्योगीहरुले सरकारलाई स्वदेशी उद्योगलाई हेरेन, संरक्षण गरेन भनेर आरोप लगाउँछन् । तर ती स्वदेशी उद्योगहरुमा कामदार चाहिँ विदेशी राखिएका छन् । हुलास स्टिल कारखानाबाट त नेपाली सबैलाई निकालेको समाचार आएको छ । सर्वोच्चले समेत नेपाली कामदारको पक्षमा फैसला गरेन । म्यानुफ्याक्चर्स एशोसिएशन अफ नेपाल हाम्रो बेरोजगार युवाहरु लाखौंको संख्यामा लाइन लागेर विदेश गइरहेको अवस्थामा कस्तो भूमिका खेल्न सक्छ ?
नेपाली श्रमिकहरुको बारेमा यहाँले कुरा उठाउनु भयो एकदम जायज कुरा हो । भरसक नेपाली कामदारहरुलाई नै प्राथमिकता दिनुपर्छ भन्ने हाम्रो मान्यता हो । त्यो हुलास स्टिलमा के भयो मैले पनि तपाईमार्फत सुनेको हो । म त्यस विषयमा जानकारी नभएको हुनाले बोल्न उचित ठानिन । हिजोको दिनमा जस्तो नेपालीहरुले यो हड्ताल गर्छ, डिस्टर्व गर्छ भन्ने छैन, यो पोलिटिक्स हुने त्यस्तो ४–५ बर्षदेखि म आफैले देखेको छैन अनुभव गरेको छु । एकातिर विदेश जाने अर्कोतिर विदेशी कामदार राख्नुपर्ने अवस्था छ एउटा चाहिँ कस्तो भने कल्चर भइसक्यो ठाउँठाउँमा मेरो छोरा दुबईमा छ, क्यानडामा छ भनेर धाक लगाउने चलन छ । यहाँ त्यत्ति नै पारिश्रमिक पाएपनि काम नगर्ने त्यही नेपाली नेपालमा काम गर्दा प्रडक्ट गर्दा १८ प्रतिशत भन्दा ग्रोथमा जान नसक्ने र त्यही नेपाली मलेसिया, थाइल्याण्ड गयो भने हाई प्रडक्सनमा लाग्ने पहिलादेखिको परिपाटी छ । त्यो हाम्रोमा पनि छ । सबैभन्दा ठुलो समस्या एउटा खुट्टा घिसारेर जवसम्म बाहिर देश जान पाउँदिन त्यो दिन सम्मको लागि मात्र काम गर्छु भनेर सोच राख्छन् । त्यसकारण पनि हामीले विदेशी कामदार राख्नुपर्ने बाध्यता छ । हाम्रो जुत्ता उद्योगहरुमा पनि ओभरअलमा २५ देखि २८ प्रतिशत कामदार विदेशी राख्नु परेको छ । विडम्बना के छ भने त्यही भारतीय कामदारले महिनामा २५ देखि ३० हजार आइसी हामीबाट कमाएर लिएर जान्छ नेपाली रुपैयाँ झण्डै ४० हजार हुन आउँछ । त्यही ४० हजार कमाउन हाम्रो नेपाली लाख रुपैयाँ तिरेर ४० डिग्री तापक्रममा गएर काम गर्छन् । यो विडम्बना हामीले पनि चिर्न सकिराखेका छैनौ कन्भिन्स गर्न सकिराखेका छैनौं । म उद्योग बाणिज्य संघको एलेक्स भन्ने प्रोग्राम छ मेनेजमेन्ट हामीले हेर्छौं, यो मिस प्याज कसरी सल्टाउने भन्नेतर्फ लागिरहेका छौं ।
० बीचमा रोक्न चाहे, नेपालमा थुप्रै पार्टी विशेषत मजदुर संघ, संगठन छन् ती संगठनहरुसँग तपाईहरुको समन्वय परामर्श हुँदैन ?
टुबी फ्याङ्ग उनीहरुसँग स्यालरी बढाउने बेला र कुनै प्रबलम पर्दा मात्र भेटघाट हुन्छ यो टसल बढेको बेला नत्र भने न उहाँहरुले यसरी जाउँ भनेर आउनुहुन्छ न त हामीले उहाँहरुसँग जाँदा त्यस्तो मैले चाहिँ अहिलेसम्म पाको छैन ।
वास्तवमा तपाइले कुरा उठाउनुभयो यो चाहिँ हुनुपर्ने । मजदुर नेताहरुमा यो चेतना चाहिँ आउनैपर्छ मजदुर नेताहरु हक अधिकारका निम्ति कुरा गर्न र देशका मजदुरहरुलाई आफ्नै देशमा संरक्षण गर्न र भोलिका दिनमा आउने समस्याका बारेमा समेत बढी उदाहरण जानकार रहनुपर्छ ।
० मैले उद्योगलाई नै जोड्न चाहँे हाम्रो नेपालमा कुनै त्यस्ता उल्लेख गर्न लायक उद्योग नभएपनि एउटा व्यक्तिले १८ करोड पर्ने विदेशमा बनेको गाडी किनेर चढिरहेका छन् भने स्वदेशी उत्पादनलाई छोडेर ब्रान्डेड भनिएका एडिडास, नाइक, पुमाजस्ता कम्पनीका बस्तु किनेर लगाउँछन् तिनीहरुलाई माथ खुवाउने गरी स्वदेशी उत्पादनले उत्कृष्ठ उत्पादन गर्ने र तरिका मिलाएर सबै नेपाली नेपालको ब्राण्ड साच्चै नै उत्कृष्ट छ भन्ने विश्वास जित्ने वातावरण कहिले पुरा गर्छौ ?
केही कुराहरु तपाईले अहिले नै मान्नुपर्छ २०५० सालपछि बाँसबारी छालाजुत्ता बन्द भएपछि निजी क्षेत्रका प्रडक्ट हेर्नुहुन्छ भने व्यापार आफनो ठाउँमा छ तर हिजोको दिनमा नेपाली जुत्ता भन्दा नाक खुम्चाउने ग्राहकहरुको लागि आज नेपाली जुत्ता नै चाहिन्छ भन्ने हामीले बनाएका छौं । सयप्रतिशत किन नेपाली नै बनाइएन भन्ने कुरामा चाहिँ मेरो फरक मत छ । चाइना विश्वकै सबैभन्दा उत्पादन गरेर निर्यात गर्ने भएता पनि त्यहाँ पनि अरु देशका ब्राण्ड विक्छन् त्यसकारण विश्व उदारीकरण बजारमा स्वदेशी सक्षम हुने हो भने विदेशी किन ल्याउने भन्ने चाहिँ सम्भव हुँदैन तर ग्राहकको मन जितेर आफ्नो ब्राण्डको वर्चश्व कायम गर्न भने सकिन्छ ।
० तपाई फुटवेयर एशोसिएशन अफ नेपालको तर्फबाट बेलाबेलामा महत्वपूर्ण भूमिका खेल्नुभएको छ । अर्कोतर्फ उद्योग बाणिज्यसंघको वस्तुगत तर्फ केन्द्रीय सदस्य हुनुहुन्छ । फुटवेयर जोन अवधारणा तपाईकै पालमा भएको थियो विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने फुटवेयर जोन कहिले सम्पन्न हुन्छ ?
फुटवेयर जोनको अध्यक्ष म नै छु । अवको ४–५ वर्षमा यो सम्पन्न हुन्छ । त्यो सम्पन्न भएपछि अहिले जुन खालको म्यानुफ्याक्चरिङ्ग कष्ट लागिरहेको छ । त्यो जोन निर्माण पछि लागत घट्छ प्रतिस्पर्धाको भावना स्वास्थ्य कम्पिटिशनको भावना साथै हामीलाई र मेटेरेल अति आवश्यक पर्छ जुत्तामा त धेरै प्रयोग हुने र त्यसको लागि हामीले झापामा १५ सय रोपनी क्षेत्रफलमा शुरु पनि गरिसकेका छौं । अर्को ग्लु भनिन्छ त्यो हामीले भियतनामबाट मगाउँछौं त्यो अवको ६ महिना पछि कम्प्लिटली बन्द गर्छौ २ वर्ष भित्रमा सोलमा पूर्ण आत्मनिर्भर हुन्छौं अर्को छालालाई हामीले कसरी उत्पादन गर्ने नेपालकै छालालाई पनि कसरी प्रयोग गर्न सकिन्छ म एफएन सिसीआइको पनि सदस्य भएको हुनाले एफएनसिसीआई पनि राखेर प्रयास गरीराखेको छु । हाम्रो आश के छ भने नेपाली प्रडक्ट सबै नेपाली कच्चा पदार्थ बन्न गयो भने भोलि हामी अन्तराष्ट्रिय मार्केटमा पनि सष्टेन गर्न सक्छौं । हाम्रो प्रडक्ट गार्भेन र कारपेट होइन भ्यालुलेस हुने भ्यालुयाड हो । यसैमा लागिराखेका छु भन्दै जाँदा गर्दै जाँदा हामी अन्तर्राष्ट्रिय मार्केटमा प्रतिस्पर्धा गर्न सक्ने वातावरण बन्दै गएको छ । बनाउँदै लगेका छौं ।
० तपाई एफएनसिसीआईमा केन्द्रीय सदस्य हुनुहुन्छ अव त्यहाँ अधिवेशन हुन गइरहेको छ त्यहाँ तपाईको भूमिका के हुन्छ ?
एफएनसिसीआईको अधिवेशन त नियमित प्रक्रिया नै हो । म हिजो फुटवेयरको अध्यक्ष भएर यता एफएनसिसीआईमा पनि लागिराखेको थिए अव त टुबी फुटवेयर र एफएनसीसिबीच कसरी काम गर्न सकिन्छ भनेर झनै सजिलै काम गर्न सक्छु ।
० एफएनसिसीमा तपाईको आकांक्षी पनि हुनुहुन्छ कि ?
अवश्य फुटवेयरबाट प्रतिनिधित्व गर्दै एउटा संस्थाबाट ठुलो संस्थामा त्यहाँ पनि फुटवेयरलाई कसरी उत्कृष्ठ बनाउन सकिन्छ भनेर लागिराखेकै छु । र मेरो पदीय कुरामा विगतमा केन्द्रीय सदस्य र दुई कार्यकाल नभई माथिल्लो पदमा जान सकिँदैन । केन्द्रीय सदस्य नै हो गएको निर्वाचनमा पनि हाम्रो प्रतिस्पर्धामा इक्वाइल मत आएर गोलाप्रथा गर्नुपर्ने अवस्था आयो लकले साथ दियो अव त्यस्तो नहोस् भनेर सचेत भई काम गरिराखेको छु मलाई मेरो संघबाट सहयोग पाइराखेको छु ।
० अन्त्यमा
यो महत्वपूर्ण अवसरमा तपाईहरुले हाम्रो कुरा बाहिर ल्याइदिन यो भूमिका खेल्दै हुनुहुन्छ । सरकार पोजिटिभ भएको बेला त्यसका लािग विशेष धन्यवाद अर्को कुरा हाम्रो फुटवेयर क्षेत्रलाई यहाँसम्म ल्याइ पु¥याउन सञ्चार माध्यमहरुको महत्वपूर्ण भूमिका छ, सञ्चारमाध्यम प्रति आभार व्यक्त गर्दछु ।



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend