logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

शब्द संसारको कार्यक्रमा लप्सीफेदीमा गुन्जियो


  • जन आकाश
  • आइतबार, मंसिर १५ २०७६

काठमाडौं शब्दको संसारमा प्रतिभाको लागि बाचन मञ्चद्धारा आयोजित शब्द संसार अन्र्तगत मञ्च बिहिनको मञ्च कार्यक्रम हिजो काठमाडौंको शखरापुर नगरपालिका लप्सीफेदी वाडन ४ को मैत्री सेवा आश्रममा गंगा खडकाको कबिता
फुलेका फुल सबै बाटो मै हुदैनान्
झर्ने जति झर्छन् नझरेका बसी रहदैनान्
घामपानी हावाहुरी खप्ने जति
बन्नेछन् सलिकग्राम जो सुकैले छुदै छुदैनान्
भनि कबितावाट कार्यक्रम शुरु भएको थियो कार्यक्रम जेपी प्रतिष्ठानद्धारा निर्मित मौत्री सेवा आश्रमको आगानमा भएको थियो कार्यक्रम बिशेष गरेर त्यस आश्रममा उत्साहपुर्वक शान्त बातावरणमा बृद्ध अवस्थामा पुग्नुभएका कुनैबेला नेपालको सरकारी स्थाइ जागिरमा प्रोफेसर भएर काम गर्नुभएको राधा शर्मा ( चालिसे ¬) देखि बिभिन्न क्षेत्रमा योगदान पु¥याएका ब्यातित्वहरु बृद्धाबृद्धाहरु उक्त आश्रममा रहनु भएको छ । उहाहरुको बीचमा शब्दको संसारमा प्रतिभाको लागि बाचन मञ्चले अन्र्तक्रिया गर्नुको साथै रचना सुनाउने काम पनि भएको थियो र बृद्धाबृद्धाहरुको अनुभब जीवनी र सुझाब पनि लिएको थियो ।
कार्यक्रमको सभापतित्व जेपी प्रतिष्ठानका अध्यक्ष मित्रसेन दाहालले गर्नुभएको थियो कार्यक्रमको सञ्चालन गंगा खडकाले गर्नुभएको थियो भने कार्यक्रमको संयोजन लीलामाया ढकाल गौतम, र रेजु पोख्रेलले गर्नुभयो त्यसैगरी कार्यक्रममा आमन्त्रित गौरी पब्लिकेशन प्रा।लि।का अध्यक्ष दामोदर ढकाल र हाम्रा यस जनआकाशका अध्यक्ष मोहन कार्कीले कार्यक्रमको सफलाको शूभकामना दिनुभएको थियो ।
कार्यक्रममा बोल्दै सभापति मित्रसेन दाहालले नेपालको पहिलो र नविनतम् आश्रम हो यो याहा तपाइहरुले यसरी कार्यक्रम ल्याइदिनु भयो यो अत्यन्तै राम्रो काम भनि प्रशंसा गर्नुभयो भने र अन्य बृद्धा आश्रम जस्तो यो नभएर याहा कसैले याहा आइ मैले यो दिए त्यो दिए भन्ने चलन याहा छैन याहा छुट्टै खालको बाताबरण छ । याहा कसैले दुखः पाएर कसैले हेला गरेर आएका बुवा आमाहरु हुनुहुन्न
याहा त आफ्नै खुसीले शान्त बातावरणमा रमाउन चाहानुहुने ब्यातिmत्वहरु हुनुहुन्छ न्त्सैले याहाहरुलाइ मेरो आग्रह छ यो सन्देश सबैमा पु¥याइ दिनुस र यस्तै कार्यक्रमहरु भइरहने हो भने याहा बुबा आमाहरुमा पनि उर्जा थपिन्छ भन्दै कार्यक्रमको सफलताको शूभकामना दिनुभएको थियो ।
कार्यक्रमको अन्त्यमा शान्त पोखे्रलले कार्यक्रममा सहभागि आमन्त्रित सभापति सबैलाइ धन्यवाद दिदै कार्यक्रम समापन गर्नुभएको
थियो ।
शब्दको संसारमा प्रतिभाको लागि बाचन मञ्च नामक साहित्यतिक संस्था हो यस संस्थाका ४ जना संयोजकहरु रहेकाछन् लीलामाया ढकाल गौतम, रेजु पोख्रेल, शान्त पोख्रेल, गंगा खड्का भने संक्षकमा कमल ढकाल रहेका छन् ।
उनिहरुले हालसम्म पाचौ संस्करण कार्यक्रम गरिसकेका छन् ।



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend