logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

गौरी पब्लिकद्वारा लक्ष्मीरानी सम्मानित


  • जन आकाश
  • बिहिबार, मंसिर १९ २०७६

काठमाडौै । लक्ष्मीरानी चलचित्र निर्माता तथा निर्देशक शुभेक्षा थापा सम्मानित हुनुभएको छ । गौरी पब्लिक एण्ड रिलेशन प्रा.लि.ले अस्ति आइतबार सिटी म्याक्सको हलमा कार्यक्रम गरी लक्ष्मीरानी फिल्म नेपालको सामाजिक न्यायमा आधारित चलचित्र भएको र नेपाली समाजमा लक्ष्मीरानी चलचित्रले धेरैभन्दा धेरै नेपालीहरुलाई विशेषत नारीहरुको विषयमा न्याय गरेको भनि सम्मान गरेको गौरी पब्लिकेशका अध्यक्षले कार्यक्रममा बताउनु भएको थियो ।
त्यस कार्यक्रमको सभापतित्व आधुनिक साहित्य परिषद्का अध्यक्ष मुरली प्रसाद ढकाल, प्रमुख अतिथि घनश्याम परिश्रमी रहनुभएको थियो । सम्मान कार्यक्रम सकिएलगत्तै चलचित्र हलमा देखाइएको थियो । चलचित्रमा सबैभन्दा महत्वपूर्ण पक्ष र मर्मस्पर्शी एउटा सामन्य परिवारको मानिसलाई काठमाडौंमा बस्न, खाना, पढ्न कति अप्ठ्यारो पर्छ र त्यो अप्ठ्यारोलाई झेल्न हिम्मत गर्यो भने अवसर पनि प्राप्त हुन्छ र प्रगती गर्न सकिन्छ भन्ने देखाइएको छ । अर्कोतर्फ माओवादी
जनयुद्धकालमा आफ्नो गलत फाइदा उठाउन जाली फटाहाहरुले कसरी माओवादीलाई समेत प्रभाव पारेर निर्दोष मारेको र गलत नियतले गाउँघरमा मानिस मारेर माओवादकिो नाम लिएको जस्ता सन्देशमुलक छायाँकन थिए भने समाजबाट कुरिती, अत्याचार, भ्रष्टाचार निर्मुल पार्नको लागि सबैभन्दा महत्ववपूर्ण शिक्षा हो भन्ने देखाइएको छ । शिक्षाको माध्यमबाट जस्तोसुकै मुर्खलाई तह लगाउन सकिन्छ भन्ने सन्देश चलचित्रमा थियो र समाज परिवर्तनको लागि नारीहरुले पनि योगदान गर्न सक्छन् आफ्नो सारा घर परिवार तहस नहस हुँदा समेत लक्ष्मीले समाज प्रति पु¥याएको योगदानले दर्शकका आँखामा आँशु समेत बर्षाएको थियो ।
त्यसर्थ गौरी पब्लिकेशन प्रालिले लक्ष्मी रानी चलचित्रकी निर्माता शुभेक्षा थापालाई गरेको सम्मान सम्मानित योग्य छ भन्ने सबैले चलचित्र हेरिसकेपछि पनि व्यक्त गरेका थिए ।



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend