जन आकाश
काठमाडौं । सीजी मोटोकर्पले डल्लुस्थित सुजुकी ‘स्टेट(अफ )आर्ट’ सर्भिस सेन्टरमा सुजुकी ब्रान्डका कारधनीहरुका लागि आकर्षक अफरहरुसहित ६ दिने निःशुल्क सर्भिस क्याम्प शुरु गरेको छ । सर्भिस क्याम्प अवधिमा ‘एसी चेक’, ‘ब्याट्री चेक’, ‘ओभरअल चेकअप’ र ‘कार वाश’ निःशुल्क गरिने कुरा सर्भिस क्याम्पका प्रतिनिधिहरुले जानकारी दिएका छन्् । भने ‘थ्रि डी ह्विल अलान्मेन्ट’ र ‘एसडीटी डायग्नोस्टिक’मा ५० प्रतिशत छुट दिइने पनि उल्लेख गरेका छन् ।
साथै, स्पेयर पार्टस्, इन्जिन आयल र एसेसोरिजमा १० प्रतिशत छुट दिइने, निःशुल्क सर्भिस क्याम्प आउँदो मंसिर ३० गतेसम्म जारी रहने गरी सञ्चालनमा ल्याइएको हो ।
डल्लू कंकेश्वरी मन्दिर नजिक रहेको सुजुकी सर्भिस सेन्टर नेपालकै ठूलो सुविधा सम्पन्न सर्भिस सेन्टर हो । यहाँ अत्याधुनिक उपकरण र डायग्नोस्टिक सिस्टमसमेत रहेको जिजी क्याम्पले जनाएको छ । २३ हजार तीन सय ८१ स्क्वायर फिटमा फैलिएको सर्भिस सेन्टरमा हरेक महिना दुई हजारभन्दा बढी कार सर्भिसिङ गर्ने क्षमता रख्दछ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend