logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

स्वर्ण विजेता कार्कीको यस्तो छ अनुभव


  • जन आकाश
  • शुक्रबार, मंसिर २७ २०७६

१३ औं दक्षिण एसियाली ( साग ) मा सितेरियो करातेको काता बिधावाट स्वर्ण पदक जित्न सफल सरु कार्कीको अनुभव यहा प्रस्तुत गरेका छौं ।
तपाइले स्वर्ण पदक जित्नुभएको छ कस्तो लगिरहेको छ ?
अत्यन्तै खुसी लागेको छ ।
खेल खेल्नुभन्दा अगाडी तपाइलाइ कस्तो अनुभव भएको थियो ?
मलाइ कन्फिडेन्स थियो म मेरो बिधामा सफल हुन्छु त्यसमाथि राष्ट्रको प्रतिष्ठाको बिषय थियो नेपाली खेलप्रेमीहरुको आशा हामीमाथि हुनु स्वभाविक नै हो । त्यो मैले महसुस गरेको थिए र यो अन्तराष्ट्रिय प्रतिस्पर्धा हो मैले हार्दा हाम्रो देशले हार्छ भन्ने चिन्ता थियो । त्यसकारण म काही चुक्न् हुदैन र मेहनत गर्नुपर्छ भन्ने लागिरहन्थ्यो त्यही अनुसार मेहनत गरिरहे
त्यसैगरी मेरा गुरुहरु जसले हामीहरुलाइ क्यम्पमा प्रत्येक दिन खेलकुदको अनुशासन दृढता, प्रेरेणा र र्निधक्क भएर खेल्नुपर्छ भनि सिकाउनु हुन्थ्यो उहाहरुलाइ धेरै धेरै धन्यवाद दिन चाहान्छु साथै सिगो प्रहरी संगठनलाइ किनकी म नेपाल प्रहरीमा आवद्ध नभएको भए सायद मेरो खेलकुदवाट नाम कमाउने चाहाना पुरा हुन्थ्यो कि हुन्थेन !
नेपाल प्रहरीमा कति सालमा भर्ना हुनुभयो ?
२०७० सालमा
अध्ययन काहावाट गर्नुभयो ?
मेरो जन्म पाल्पा जिल्लाको बल्ढेगढी ७ मा भएको हो । मैले त्यही पाल्पाको गहते मा.बि. वाट कक्षा ८ उत्रिर्ण गरेको र ९ र १० सत्यवती उच्च मा.बि. पाल्पा मा नै पढेको हो । तर मेरो १० कक्षा पढ्दा कारणबस परिक्षा दिन सकिन र २०७० सालमा नेपाल प्रहरीमा भर्ना भए जागिरमा फिट भएपछि त्यहा थुप्रै अवसरहरु हुदा रहेछन् त्यो अवसरलाइ मैले सदुपयोग गरे शिक्षामा अपुरो रहेको मेरो एस इइ परिक्षा दिन पुनः तयारी गरे र २०७२ मा एस इइ पुरा गर्न सफल भए त्यसको सँगसगै खेलकुदलाइ निरन्तरता दिए त्यसैको प्रतिफल आज अन्तराष्ट्रिय पदक जित्न सफल भएको छु ।
परिवारमा को को हुनुहुन्छ ?



मेरो बुबा आमा र हामी छ जना दाजु बाहिनी छौ।
बुबा आमाको नाम भनिदिनुसन ?
बुबाको नाम ओम बाहादुर कार्की र आमाको टुमकुमारी कार्की हो ।
बधाइ छ अन्तराष्ट्रिय स्वर्ण पदक जित्नु भएकोमा ।
धन्यवाद मलाइ मेरा अनुभन राख्न सहयोग गर्नुभएकोमा र खेलकुदलाइ प्रथामिकता दिनुभएकोमा यस जन आकाश पत्रिकालाइ बिशेष धन्यवाद र आभार ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend